गुल्मिदरबार गाउपालिकामा ७ जना क्वारेन्टाइनमा

0
1658

रामकृष्ण कडेल,

१९ चैत्र गुल्मी  :  गुल्मिदरबार गाउपालिका इश्वरि माध्यमिक बिध्यालय चारपालामा स्थापना भएको १५ बेडको क्वारेन्टाइन केन्द्रमा मङलबार राति देखि ७ जनालाई राखिएको छ ।

काठमाडौं हुदै तराइका विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको गाउपालिका अध्यक्ष अशोक कुमार थापाले बताउनु भएको छ ।इश्वरि माबि चारपालामा क्वारेन्टाइनमा राखिएकाहरु गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्बाथोकका रहेको बताइएको छ । उनीहरु काठमाडौं बाट बुटबल आइ एक हप्ता सम्म आफन्तहरुकोमा घुमेको बताइएको छ ।

उनीहरुमा कोरोना भाइरसको प्रारम्भिक त्यस्तो केही लक्षण नदेखिए पनि आफ्नै सुरक्षाको लागि क्वारेन्टाइनमा राखिएको गुल्मीदरबार गाउपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताउनुभयो । उनीहरु सबैको स्थिति सामान्य रहेकाले त्यस्तो आतिनुपर्ने केही नरहेको उहाँको भनाइ छ ।

सातैजनाको बिहान साझ स्वास्थ्यकर्मी बाट इन्फारेड थर्मोमिटरले तापक्रम मापन गरिने , र उनिहरुलाइ मास्क , ग्लोभ्स , सेनिटाइजर लगायतका सुरक्षा सामाग्रीहरु पनि प्रदान गरिसकिएको पनि अर्यालले बताउनु भयो ।गाउपालिकाको बिभिन्न ५ स्थानमा ३५ बेड क्षमता को क्वारेन्टाइन तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार अझै थप्न सकिने गाउपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताउनुभएको छ ।

`उहाँहरु काठमाडौं बाट बुटवल एकहप्ता सम्म आफन्तकोमा घुमघाम गरि आउनुभएको उहाँहरुमा हाल कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएको स्वास्थ्यकर्मीहरुले बताउनु भएको छ , तैपनि हामी उहाँहरुलाई थप समस्या नआएमा१४ दिनसम्म क्वारेन्टाइनमा राख्छौँ ´ औषधोपचार , चिया नास्ता सुद्द खानेपानी , खाना तथा अन्य बन्दोबस्तिको सम्पुर्ण ब्यवस्थापनको जिम्मा गाउपालिकाले लिने गाउपालिका अध्यक्ष थापाले बताउनुभएको छ । हाल गुल्मी जिल्लामा १२ वटै स्थानीय तहहरुले क्वारेन्टाइन निमार्ण गरेर संचालनमा ल्याएका छन् ।

SHARE