रामपुरमा कोरना नियन्त्रण गर्न किटनाशक औषधी छर्कियो

0
584

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ चैत  :  पाल्पाको रामपुर नगरपालिकामा कोरना भाइरस (कोभिड १९) रोकथाम गर्न क्लाल्सियम हाइपो क्लोराइड नामक किटनाशक औषधी छर्किने काम भएको छ ।

सुरक्षा बेस क्याम्प रामपुर स्थित गोरख दल गणको आयोजनामा नगरको मुख्य बजार बेझाड बजार क्षेत्र तथा रामपुर अस्पताल सम्मको आसपासको क्षेत्रमा क्याल्सियम हाइपो क्लोराइड छर्किइएको छ ।

रामपुर नगरपालिका तथा रामपुर अस्पताल संगको सहकार्यमा मंगलवार गोरख दल गण रामपुरले क्याल्सियम हाइपो क्लोराइड छर्किएको हो ।

रामपुरको मुख्य बेझाड बजार भएकाले यहाँ बढी भीडभाड हुने र रामपुर अस्पतालमा उपचारका लागि विभिन्न बिरामीहरु सेवा लिन जाने भएको हुदा यी क्षेत्रमा क्याल्सियम हाइपो क्लोराइड छर्किइएको बताइएको छ ।

कोरना भाइरसलाई न्युनिकरण गर्नका लागि बढी भीडभाड हुने स्थानलाई मुख्य आधार बनाएर क्याल्सियम हाइपो क्लोराइड छर्किएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

यसैगरी सदरमुकाम तानसेनका विभिन्न स्थानमा डिस इन्फेक्सन स्प्रे गरिएको छ । बसपार्क, लहरेपीपल, आन्दोलनचोक, शित्तलपाटी, हुलाकचोक, टक्सार हुँदै विशाल बजारसम्म कोरोना भाइरस फैलिन नदिन डिस इन्फेक्सन स्प्रे गरिएको हो ।

तानसेन नगरका संवेदनशिल मानिएका स्थानमा हानिकारक कीटनासक औषधि छर्किने काम भएको नगरपालिकाले जनाएको छ । विश्वभर कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै मानिसमा त्रास बढेको छ । स्प्रे छर्किएपछि कोरोना भाइरसको संक्रमण नहुने बताइएको छ ।

SHARE