वडाका नागरिकहरुको घरदैलोमा स्वास्थ्य अबस्था बुझन मास्क लिएर पुगे वडा अध्यक्ष

0
919

तिलाचन पाण्डे
चैत १८,२०७६ गुल्मी  : देश लकडाउनमा रहेका बेला वाडका जनताहरुले के गरेका छन् र उनीहरुको स्वास्थ्य अबस्था कस्तो छ भन्दै स्वास्थ्य स्यमसेबिका संगै घरमै वडा अध्यक्ष बुझन गएका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवाका वडा अध्यक्ष गोकर्ण शर्मा वडा भित्रका प्रत्येक घरमा गई स्वास्थ्य अबस्था बुझदै मास्क बितरण गरेका छन् । उनले वडा भित्र करिब एक हजार ५०० मास्क बितरण गरेको बताएका छन् ।
वडा भित्रका जनताहरुको स्वास्थ्यमा केही समस्या परेको छ वा उनीहरुलाई आबश्यक पर्ने दैनिक खाथ्य सामग्रीलगायत अन्य केही समस्याहरु परेका छन् की भनेर आफू जनताहरुको घरदैलोमा गई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अभियान लिएर प्रत्येक नागरिकका घरमा पुगेको उनले बताए ।
यस समय अबधिमा घरबाट बाहिर ननिस्कन , धेरै भिडभाडमा नजान , मास्कको प्रयोग गर्न र लकडाउनलाई पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै वडा भित्रका प्रत्येक नागरिकहरुको घरदैलोमा पुगेको बताए । यदि कसैको घरमा खाध्यन्नको समस्या परेको छ भने त्यो पनि जानकारी गराउन आग्रह गर्दै आफू जनताको घरदैलोमा पुगेको शर्माले बताए ।
वडाका जनताहरुको सुख दुःमा सधै आफू साथमा रहेको भन्दै नआत्तिन र केही समस्या भएमा जानकारी गराउनका लागि आग्रह गर्दै स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको शर्माले बताए । यसरी वडा अध्यक्ष घरमै स्वास्थ्य अबस्था बुझन र कोरोनाबाट बच्नका लागि स्वास्थ्य शन्देश लिएर घरमै आएर मास्क बितरण गर्दा आफूहरुको साथमा जनप्रतिनिधि रहेको अनुभूति गरेको स्थानीयहरुले बताएका छन् ।

SHARE