गुल्मीदरवार गाउँपालिका गुल्मी द्वारा  ३५ सेट पिपिइ वितरण

0
1124
रामकृष्ण कडेल,  चैत १८ , गुल्मी : गुल्मीदरबार गाउँपालिका द्वारा  बिस्वब्यापि रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि गाउपालिका भित्रक सबै स्वास्थ्यकर्मिको लागि  मङ्गलवार बिहान पि पि इ अर्थात पर्शनल प्रोटेक्सन इक्युपमेन्ट सेनिटाइजर र ग्लोब्स बितरण गरिएको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल ले बताउनु भएको छ ।
सम्पुर्ण स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरु लागि सुरक्षा कवज पि पि इ ३५ सेट  ७० फाइल सेनिटाइजर,  मास्क  र ७०० ग्लोब्स बितरण गरिएको छ । पिपिइ र अन्य सुरक्षा का सामाग्री पाइसकेपछि जुभुङ्ग स्वास्थ्य चौकीका अहेव रोशन जिसिले  अब बिरामि सङ्ग अझै नजिकिएर चेक जाच गर्न र उपचार गर्नको लागि मनोबल बढेको बताउनु भएको छ । अब एकदुइ दिन भित्रमा थप सुरक्षाका सामाग्री बितरण गरिने गाउपालिकाले जनाएको छ्।गुल्मिदरबार गाउपालिकाका बिभिन्न पाच ठाउमा गरि ३५ बेडको क्वारेन्टाइन स्थापना गरिसकिएको छ ।
SHARE