सवारी पास अनलाइन मार्फत

0
1089
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
चैत १८,२०७६ गुल्मी  : जिल्ला प्रशासन कार्यलय गुल्मीले दिने गरेको सवारी पासलाई मंगलबार देखि अनलाईन मार्फत उपलब्ध गराएउन थालेको छ । जसले गर्दा सवारी पास लिनका लागि जिल्ला प्रशासन कार्यलय गुल्मीमै आउन नपर्ने भएको छ ।
बिश्वभर फैलिएको कोरोना भाइरस सरुवा रोगबाट बच्नका लागि उच्च सर्तकर्ता अपनाउदै अनलाइनको माधयबाट सवारी पास दिने ब्यबस्था मिलाइएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
लकडाउनको समयमा जिल्ला प्रशासन कार्यलयको अनुमति लिएर सवारी चलाउन पाउने र सो पास जिल्ला प्रशासन कार्यलमा स्वंयम ब्याक्ति आएर लिने गरेको सवारी पासलाई मंगलबार देखि कार्यलयले प्रयोग गर्ने समाजिक संजाल फेसबुक , म्यासेन्जर, भाइबर र मेलबाट आवश्यक बिबरण पठाई अबवश्यकताको आधारमा अनलाइन मार्फत सवारी पासको ब्यबस्था गर्न लागिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार सवारी अनुमति पास लिन जिल्ला प्रशासन कार्यलय गुल्मीमा आउँदा समस्या हुने गरेको र कहिले काँही भिडभाड पनि हुने भएकाले धेरै भिडभाड नहोस भन्नका लागि र बढ्दो प्रबिधिलाई समेत सदुपयोग गरी सवारी पासको आवश्यकताको कारण सहितको निबेदन , सवारी प्रयोग गर्ने ब्याक्तिको नाम , कहाँदेखि कहाँसम्म जानुपर्ने र सवारीको ब्लु बुक , सवारी चालक अनुमति पत्र लगायतको प्रमाणहरु पठाई पास पनि सोही प्रबिधि मार्फत लिने ब्यबस्था गरिएको पाण्डेले जानकारी दिए ।

SHARE