गुल्मीदरबार गाउँपालिकामा बन्यो ३५ बेडको क्वारन्टाईन

0
978

रामकृष्ण कंडेल, चैत १७, गुल्मी  :  गुल्मी दरबारगाउँपालिकाको सोमबार बसेको आकस्मिक बैठकले विश्वव्यापि रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस संक्रमण रोकथामको लागि विभिन्न पाँच स्थानमा ३५ बेडको क्वारन्टाईन स्थापना गरेको छ ।

गाउँपालिकाको ईश्वरी मा.वी. चारपालामा १५ बेड, बलिथुम स्वास्थ्य चौकी बलिथुम, सुर्योदय मा.वी. जुभुङ्ग, म्यालपोखरी मा.वी. गौँडाकोट र रुन्खादह मा.वी. विरवासमा पाँच पाँच वटा बेड गरी जम्मा ३५ बेडका क्वारन्टाईन कक्ष निर्माण गरिएको हो । भारत तथा तेस्रो मुलुक बाट आएका र अन्य संकास्पद ब्याक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताउनुभयो ।

सवैभन्दा राम्रो र गाउको लागी उपयुक्त उपाय होम क्वारन्टाईन भएकोले होम क्वारन्टाईन लाई प्रभावकारीरुपमा कार्यान्वयन गरिएको, क्वारन्टाईन नै राख्न मापदण्ड नपुगेकोले केहि ढिलाई भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले बताउनु भयो । गाउपालिका का अध्यक्ष अशोक कुमार थापाले ब्यवस्थित तवरले क्वारन्टाईन संचालन गर्न स्वास्थ्यकर्मि,जनप्रतिनिधि र सुरक्षा निकायलाई निर्देशन दिदै सो कार्यमा खटिने सवैलाई गाउपालिकाले उचित सम्वोधन गर्ने बताउनुभएकोे थियो ।

गुल्मीदरवार गाउपालिकाले प्रत्यक गाउटोलमा खटिई बिदेशबाट आएकाको विवरण संकलन गर्न र ज्याला मजदुरी नगरि बिहान बेलुका खान नपुग्ने परिवारको डाटा संकलन गर्नको लागी ८३ जना महिला स्वास्थ्य स्वयम्सेवीकाहरु लाई खटाइएको स्वास्थ्य अधिकृत अर्यालले बताउनुभयो ।

SHARE