निर्माण ब्यबसायी संघ गुल्मीद्धारा २० थान पिपिई सहयोग

0
521

तिलाचन पाण्डे
चैत १६,२०७६ गुल्मी : देशभर पिपिइको अभाब भइरहेको सन्र्दभमा निर्माण ब्यबसायी संघ गुल्मीले २० थान पिपिइ सहयोग गरेको छ ।
निर्माण ब्यबसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले जिल्ला बिपद समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई पिपिई हस्तान्तरण गरेका हुन । देशभर पिपिइको अभाब भइरहदाँ जिल्लामा पनि त्यसको अभाब भएको सन्र्दभमा २० थान पिपिई स्वास्थ्य कर्मीहरु र एम्बुलेन्स चालकलाई बिशेषगरी प्रथामिकतामा राखेर बितरण गरिने गरी प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भवानीप्रसाद शर्मालाई हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
पिपिई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले निर्माण ब्यबसायी संघ गुल्मीले प्रदान गरेको पिपिइले स्वास्थ्य कर्मीहरुलाई ठुलो राहत मिलेको भन्दै निर्माण ब्यबसायी संघ गुल्मीलाई धन्यबाद ब्यक्त गरे ।
पिपिई हस्तान्तरण पश्चात निर्माण ब्यबसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले आगामी दिनमा पनि आवश्यक परे थप पिपिई सहयोग गर्ने बताए ।

SHARE