दैनिक ज्यालादारी गरेर खाने मजदुरका लागि गाउँपालिकाले खाध्यन्न दिने

0
759

तिलाचन पाण्डे
चैत १५,२०७६ गुल्मी : दिनभर मजदुरी काम गरेर साँझ बिहान खानेहरुका लागि लकडाउनको समयमा समस्या आउन सक्ने भन्दै गाउँपालिकाले त्यस्ता मजदुरहरुलाई खाध्यन्न उपलब्ध गराउने भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिकाले लकडाउनको समयमा मजदुरी काम गरेर खानेहरुलाई दैनिकी गुर्जान समेत समस्या हुने भएकाले त्यस्ता ब्याक्तिहरुको पहिचान गरि आवश्यक खाध्यन्न उपलब्ध गराउने निर्णण गरेको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।
पन्तका अनुसार पालिका भित्रका त्यस्ता ब्याक्तिहरुको पहिचान गरी प्रत्येक वडाका वडा अध्यक्षहरु मार्फत खाध्यन्नको कुपन लिई तोकिएको पसलमा गई चामल , नुन ,तेल र दाल लिने ब्यबस्था गरिएको जानकारी दिए ।
पालिका भित्र रहेका त्यस्ता ब्याक्तिहरुलाई पहिचान गरि खाध्यन्न उपलब्ध गराउने गाउँपालिकाको दायित्व भएकाले दैनिकरुपमा मजदुरी गर्न नपाउँदा खाध्यन्न अभाब भयो भन्ने अबस्थाको अन्त्य गर्नुका साथै स्थानीय सरकार दैनिकी ज्याला मजदुरी गरेर साँझ बिहान खानेहरुको साथमा रहेको पनि गाउँपालिकाले जनाएको छ ।

 

SHARE