रामपुर नगरपालिकाका प्रमुख थापाद्धारा पूर्वखोलाको क्वारेन्टाइन कक्षको अनुगमन

0
900

सुशीला रेग्मी

चैत १५, पाल्पा : रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा सहितको घुम्ती टोलीले पूर्वखोला गाउँपालिका वडा नं १ स्थित सिलुवा जनमार्ग माविको क्वारेन्टाइनको अनुगमन गरेको छ । नगर प्रमुख थापा सहित प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, स्वास्थ्यकर्मी सुवास अधिकारी, नेपाली सेना, पत्रकार सहितको टोलीले अनुगमन गरेको हो ।

भारतको बम्बई शहरबाट बिहिवार आएर गाउँपालिकाका १९ जना नागरिकको रामपुर नगरपालिकाको घुम्ती टोलीले अनुगमन गरी स्वास्थ्य जाँच गरेको छ । नगर प्रमुख थापाले अनुमगन गर्दै कोरना भाइरसले विश्वभर महामारीको रुपमा सताइरहेकाले यसको रोकथामका लागि आफै सजग हुनु उत्तम उपाय रहेको बताउनुभयो । उहाँले १४ दिन सम्म क्वारेन्टाइनमा सजग भएर एक अर्का संग नछोइकन बस्ने, सरसफाईमा ध्यान दिन र भाइरस सङ्क्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्यकर्मी सुवास अधिकारीले क्वारेन्टाइनमा राखेका नागरिकको अवस्था सामान्य रहेको बताउँदै उनीहरुलाई कोरना भाइरसबारे बच्ने उपायका सन्दर्भका सचेत गराउनुभएको छ । पूर्वखोला गाउँपालिका वडा नं १ का अध्यक्ष भोगबहादुर थापाले अहिले गाउँपालिका भित्रिएका १९ जना युवालाई क्वारेन्टाइनमा ल्याएर राखिएको र उनीहरुको लागि खानाको प्रबन्ध पनि गाउँपालिकाले गरेको बताउनुभयो । भारतबाटै आएका थप दुई जना नागरिकलाई क्वारेन्टाइन कक्षमा ल्याउने तयारी भइरहेको जानकारी दिदै रामपुर नगरपालिकाको घुम्ती टोलीलाई धन्यवाद दिनुभयो । यहाँ हालका लागि तीस शैया सहितको क्वारेन्टाइन कक्ष तयार पारिएको छ ।

SHARE