लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्नेलाई राहत दिईने

0
465

सागर भण्डारी,

चैत्र १३ बाग्लुङ   विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथामका लागि सरकारले देशभर गरेको लकडाउनका कारण धेरैको रोजीरोटी गुमेका कारण दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरु समस्यामा परेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउदै आएका श्रमिक मजदुरका लागि संकटको घडीमा बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा नं ७ वडा कार्यालयले बिशेष राहत कोषको व्यवस्था गरेको छ । वडा कार्यालयको बैठकले राहत कोषको स्थापना गरी लकडाउनबाट प्रभावित गरीब, मजदुर, निमुखा जनतालाई सहयोग उपलव्ध गराउने निर्णय गरेको वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

वडा भित्र दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत सामग्री प्रदान गर्ने उद्धेश्य सहित कोषको स्थापना गरिएको उहाँको भनाई छ । वडा कार्यालय भित्र रहेका त्यस्ता परिवारको लगत सकंलन गरि राहत वितरण गरिने उहाँको भनाई छ । राहतकोषमा वडाध्यक्ष गुरुङबाट रु ५ हजार तथा अन्य सबै वडाका सदस्यहरु दिपेन्द्र प्रताप केसी, मीनकुमारी माझी, योगेन्द्र बहादुर माझी, सावित्रा विक तथा वडा सचिव सन्ध्या पौडल जनहीबाट रु ४ हजारका दरले जम्मा रु २५ हजार रकम संकलन भएको छ ।

कोरोनाले ल्याएको संकट सामनाका लागि लक डाउन गरिएको र दैनिक कामकाज ठप्प भएको परिस्थितिमा दैनिक रुपमा मजदुरी गरी आफ्नो पारिवारीक गुजारा गरिरहेका मजदुर र भाईरसका कारणले खाना बाट वञ्चित भएका विपन्न परिवारलाई वडा कार्यालयको राहात कोष बाट राहात स्वरुप खाधान्न सामाग्री उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
वास्तविक पिडितको पहिचान गरी निवेदन र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि माग गरी वास्तविक पिडितलाई राहात उपलब्ध गराउन वडा अध्यक्ष तथा वडा सदस्यको परामर्शमा घरमै गई राहात उपलब्ध गराउने वडा कार्यालयको तैयारी रहेको उहाँले बताउनुभयो ।

बैठकले कोराना भाईरसका बारेमा वडामा सचेतना कार्यक्रम सन्चालन गर्ने विदेश तथा बाहिरबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा घरमै क्वारेन्टाईनमा बस्न आग्रह गर्दै संकास्पद व्यक्तिहरुका लागी दोवटामा क्वारेन्टाइन निर्माण गरिएको र आपतकालिन स्थितिमा उक्त क्वारेन्टाईनमा राख्ने गरी तैयारी थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । ५ बेडको क्वारेन्टाईनलाई आवश्यकता अनुसार बढाउँदै लैजाने उहाँको भनाई छ ।

SHARE