मुसिकोट नगरपालिकाका ३ वटा वडाद्धारा सयुंक्त कोरोना विपद कोष 

0
621

सागर भण्डारी,

चैत १२ , २०७६ गुल्मी  : मुसिकोट नगरपालिकाका ३ वटा वडा कार्यालयहरुले सयुंक्त रुपमा कोरोना विपद कोष निर्माण गरेका छन् ।

नगरपालिका वडा न २,३ र ४ ले आज संयुक्त रुपमा कोरोना बिपद कोष समिती गठन गर्दै कोरोना सक्रंमण भएको देखिएको खण्डमा तुरुन्तै उद्धारका लागि आर्थिक समस्या नपरोस् तथा एम्बुलेन्स लगायतका अन्य सेवा प्रवाह भनेकै समयमा छिटो र सजिलो होस भनेर विपद कोष निर्माण गरिएको वडा नं ३ का वडाध्यक्ष एवम् विपद कोष समिति सयोंजक कर्ण बहादुर जिसीले जानकारी दिनुभएको छ ।

विपत कोषमा मुसिकोट नगरपालिका वडा नं २, ३ र ४ नं वडा कार्यालय रु २५÷२५ हजार ,सुर्योदय कन्ट्रक्सनका तुल्सी बहादुर रायमाझीबाट रु १० हजार न्यु लिजा कन्ट्रकसनका महेन्द्र घिमिरेले १५ हजार सहयोग गर्नुभएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउ उपशाखाबाट नगद रु ५ हजार गरी अहिलेसम्म जम्मा १ लाख १० हजार रुपैयाँ कोषमा जम्मा गरिएको छ । कोरोना भाइरस सम्बन्धि केही समस्या देखिएमा पनि तुरुन्त सम्पर्क गर्न र बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाईनमा बस्न तथा घरबाट बाहिर ननिस्की घरमै बस्न पनि वडा कार्यालयहरुले आग्रह गरेका छन् ।

कोरोना विपद व्यवस्थापन समितिमा वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर जिसी सयोंजक रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण खत्री, ओम बहादुर केसी, गुप्त बहादुर कार्की, मधु थापा, सरस्वती घिमिरे र सदस्य सचिवमा मनोज श्रेष्ठ लगायत रहनुभएको छ ।

SHARE