गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

0
512

तम्घास, चैत १२ गते । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ जिल्लाको रेसुङगा नगरपालिका वडा नं ४ को मसिना पोखरीमा लु ३ त ८०७२ नं को ट्याक्टर बिजुलीको पोलमा ठोकिएर ट्याक्टर चालक रेसुंगा नगरपालिका वडा नं ४ का ६२ बर्षिय शेरबहादुर बुढाथोकी घाइते भएको र उनको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
छल्दी खोला तिरबाट अर्खलेतर्फ आउँदै गरेको ट्याक्टर मसिना पोखरीमा बिधुतको पोलमा ठक्कर खाँदा घाइते भएका बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शबलाई बुधबार बिहान तम्घास अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE