पञ्‍जाव र महाराष्ट्रमा कर्फ्यू

0
393

चैत १०, २०७६ एजेन्सी  : भारतमा कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएको छ। भारतका सबैजसो प्रान्तमा कोरोना संक्रमित भेटिएका छन्। भारतमा सोमबारसम्म ४२८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरमा कोरोना भाइरसका मामिला तीव्ररुपमा सार्वजनिक भइरहेका छन्। संक्रमितको संख्या ४३७ पुगिसकेको छ भने मृतकको संख्या ९ पुगिसकेको छ।

पछिल्लो पटक पश्‍चिम बंगाल राज्यमा ५५ वर्षीय पुरुषको ज्यान गएको छ। समाचार अनुसार २४ घण्टा यता ५० भन्दा धेरै बिरामी भेटिएका छन्। यही समयमा चारजना थप बिरामीको मृत्यु भएको छ। दिल्ली, राजस्थान, बिहार, पञ्‍जाव, उत्तराखण्ड, छत्तीसगढ, झारखण्ड, जम्मु(कश्मीर, तेलङ्गाना, आन्ध्र प्रदेश, नागाल्याण्ड, अरुणाचल प्रदेशमा कोरोना भाइरसका कारण ३१ मार्चसम्म लक डाउन गरिएको छ। यसका अलावा उत्तर प्रदेशका १६ जिल्लामा पनि २५ मार्चसम्म लकडाउन गरिएको छ।

कोरोना भाइरसको प्रकोप फैलिएपछि उत्तर प्रदेश, महाराष्ट्र, दिल्लीसमेत १० भन्दा धेरै राज्यका कयौँ सहरमा लकडाउन गरिएको छ। यसका बावजुद सयौँ मानिस सडकमा निस्केर लकडाउनको उलंघन गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता जनाएका छन्। यसैबीच पञ्जाव सरकारले कडा कारवाही थालेकोछ।पञ्जाबका क्याप्टन अमरिन्दर सरकारले पूरै प्रान्तमा कर्फ्यू लगाउने निर्णय लिएका छन्।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि महाराष्ट्र सरकारले राज्यमा कर्फ्यू घोषणा गरेको छ। मुख्यमन्त्री उद्धव ठाकरेले यसको घोषणा गरेका छन्। उद्धव ठाकरेले राज्यका सीमा सिल गरिएको बताएका छन्। यसका अलावा जिल्लाको सीमामा कडा निगरानी गरिएको छ। थाहाबाट

SHARE