सर्वसाधारणको लागि बीमा कमिटीद्धारा माक्स वितरण

0
896

हुमाकान्त पोखरेल
चैत १०,२०७६ गुल्मी  : गुल्मीमा सर्वसाधारणको लागि माक्स वितरण गरिएको छ । रोकोना भाइरस नियन्त्रण र रोकथामको लागि राष्ट्रिय बीमा कमिटी गुल्मीले माक्र्स वितरण गरेको हो ।
जिल्लामा रहेका जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीहरु मिलेर बजारका सर्वसाधारण, सवारी चालक, कारागार, ट्राफिक प्रहरी, नेपाल प्रहरीला तथा आशा अपाङ्ग केन्द्रई सेनिटाइजर तथा माक्स वितरण गरेका हुन् । तम्घासको उदिनढुङ्गा देखि बजारका विभिन्न चोकचोकमा सर्वसाधारण, मजदुर तथा सवारी चालकहरुको लागि बीमा कमिटीले माक्स वितरण गरेको हो । जिल्लामा हाल १३ जीवन बीमा र छ वटा निर्जिवन बीमा कम्पनी गरी कुल १९ बीमा कम्पनीहरु रहेका छन् ।
उनीहरुले संयुक्त रुपमा आइतबार कुल तीन हजार पाँच सय माक्स वितरण गरेको कमिटीका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । ‘बीमा कम्पनीहरुलाई सय रुपैँया पनि खर्च गर्नुपरे कन्द्रिय कार्यालयको अनुमति लिनुपर्छ ।’ उनले भने, ‘हामी हाम्रो उत्तरदायित्व बोध गर्दै सामाजिक कार्यमा खटिएका हौँ ।’ त्यसका साथै उनले बीमा कम्पनीले मात्र नभएर सबै संस्थाहरुले सर्वसाधारणको लागि सहज रुपमा कोरोना रोकथामका लागि सामग्री उपलब्ध गराएमा केहि सहज हुने उनले बताए ।
कमिटीले जिल्ला कारागारलाई एक सय २५ वटा माक्स प्रदान गरेको छ । कारागारका कैदी तथा कर्मचारीलाई लक्षित गर्दै माक्स कमिटीले प्रदान गरेको हो । त्यस्तै बीमा कमिटीले दैनिक रुपमा जनताको रक्षाका निम्ति खटिने ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई पनि माक्स प्रदान गरेको छ । माक्स ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कमिटीले गरेको यो कार्य प्रशंसनिय भएको बताए । त्यस्तै बीमा कमिटीले आशा अपाङ्ग केन्द्रलाई पनि माक्स प्रदान गरेको छ । बजारमा माक्स अभाव भइरहेका बेला कमिटीले बुटबलबाट ल्याएर माक्स वितरण गरेको हो ।

SHARE