सामुदायिक रेडियो संगै १३ पसलमा चोरी

0
374

हुमाकान्त पोखरेल
चैत ९,२०७६ गुल्मी  : गुल्मीको धुर्कोट गाउँपालिकामा सामुदायिक रेडियो धुर्कोट सहित १४ पसलहरुमा तोडफोड तथा चोरी भएको छ । शनिबार राती अज्ञात समुहद्धारा धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित रहेको सामुदायिक रेडियो धुर्कोटको ताला फोरिएको छ ,भने अज्ञात समुहले जैसिथोकका १३ र वडा नम्बर ६ रजस्थलको एउटा पसलमा चोरी गरेको स्थानीय पत्रकार अर्जुन भण्डारीले जानकारी दिए ।
कसैको पसलबाट ठुलो क्षति नभएपनि धेरै पसलहरुका ताला तोडिएको छ । गोलपोखरीस्थित बसन्त विकको कानमा लगाउने मुन्द्रि र घाँटिमा लगाउने जन्तर चोरले बाकसबाट निकालेका छन् । लाल बहादुर थापाको गल्ला तथा किराना पसलबाट नगद १० हजार तथा केहि गल्ला सामग्री लगेका छन् । भुवानकी सिता भण्डारीको पसलबाट नगद २० हजार, रौताडिका ओमप्रसाद पोखरेलको पसलबाट २० हजार, बर्बोटस्थित प्रेम चुदाराको पसलबाट २० हजार चोरी भएको छ । धुर्कोट रजस्थलका रमेश केसिको पसलबाट ११ हजारका रिचार्ज र सात हजार नगद चोरी भएको छ । त्यसका साथै इन्द्र पोखरेल, दान बहादुर, विष्णु नेपाली, लक्षमण विक, मिना कुँवर, पाण्डे मासु पसल, विन्दवासिनी मदिरा पसल लगायतका मदिरा, इलेक्ट्रोनिक, गल्ला तथा किराना पसलहरुमा चोरी भएको वस्तु प्रहरी चौकिका प्रमुख लोकमान ताम्राकारले जानकारी दिए । चोरले ताला मात्रै तोडि पसलभित्रका केहि सामग्रीहरु लगेको ताम्राकारले बताए ।
शुक्रबार धुर्कोट गाउँपालिका १ नयागाउँमा पनि नौ वटा पसलहरुमा चोरी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको ताम्राकारले जानकारी दिए ।

SHARE