कोरना भाइरसलाई मध्यनजर गर्दै रामपुरको पर्यटकिय तालपोखरामा डुङ्गा बन्द

0
324

सुशीला रेग्मी

रामपुर (पाल्पा), ९ चैत  : नेपाल सरकारको एक सय पर्यटकिय गन्तव्य क्षेत्रका रुपमा सुचिकृत रामपुरको तालपोखरामा डुङ्गा संचालन बन्द गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसको सङ्क्रमणलाई लक्षित गरी जोखिम न्युनिकरण गर्न तालपोखरामा डुङ्गा बन्द गरिएको हो ।

भाइरसको संक्रमणलाई न्युनिकरण गर्न चैत ९ गते देखि अनिश्चितकाल सम्मका लागि डुङ्गा बन्द गरिएको तालपोखरा संरक्षण विकास समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।

“पछिल्लो समय तालपोखरा क्षेत्रमा पर्यटकको संख्या बढ्दै जान थालेपछि स्थानीयवासी पनि त्रसित भएको अवस्था, विश्वभर महामारीको रुपमा भाइरस संक्रमण बढेकाले संक्रमणबाट सर्तक रहन डुङ्गा संचालन र अवलोकनमा रोक लगाइएको छ” उहाँले भन्नुभयो ।

अहिले शैक्षिक संस्था विदाको समय र गर्मीयाम सुरु भएकाले तालपोखरा घुम्न जानेको संख्या बढ्दो रहेको छ । डुङ्गा अवलोकन गर्नेको संख्या हाल दैनिक दुई सय भन्दा बढी पुगेको समितिका सचिव सुनिल देवकोटाले बताउनुभयो ।

SHARE