कोरोनाको सक्रमणका बेला भाडा छुटका लागि युवा संघको अपिल

0
391

प्रेम सुनार

गुल्मी, चैत्र ९  : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को भातृ संगठन युवा संघ नेपाल गुल्मी जिल्ला कमिटीले कोरोना भाईरस संक्रमणका कारण विश्व ब्यापी रुपमा आर्थिक मन्दी भई रहेकोले भाडामा बस्नेहरुलाई हरेक घरधनीले भाड दरमा छुट गरि दिन अपिल गरेको छ ।

उसले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेको हो । त्यस संगठनका गुल्मी जिल्ला कमिटी संयोजक मोहनप्रसाद पाण्डेले भनेका छन् –‘आदरणीय घरबेटी महानुभावहरु, बिश्वब्यापी महामारीको यस गम्भीर र शंवेदनशिल घडीमा आफनो घरको भाडामा बस्ने परिवारहरुको समस्यालाई मनन गर्दै निश्चित समयका लागि घर बाहल छुट गरि मानवता र भातृत्वको उच्च नमुना प्रस्तुत गर्नु हुन हाम्रो संगठन हार्दिक अपिल गर्दछ । ’

हामीलाई प्राप्त जानकारी अनुसार सदरमुकामबाट गाउँमा गएर कोरोनाबाट सुरक्षित हुन चाहेर पनि कतिपयले कोठा भाडा बुझाउन नसकेर घर जान सकेका छैननन ।

काठमाण्डौं , बुटवल, पोखरा लगायतका ठुला शहरमा बस्ने मध्येका कम आय श्रोत भएका मानिसहरुमा पनि त्यही समस्या सिर्जना भएको छ । भैरहमा बढ्न बसेका गुल्मीका एक विद्यार्थीले त्यही समस्या सुनाए । कोरोनाको संक्रमणाट बच्न कोही त्यस्तो समस्यामा रहेको भए पनि घरबेटीहरुले पछि बुझाउने गरि घर जान दिन सहयोग गरि दिन युवा संघ नेपाल गुल्मी जिल्ला संगठनको आग्रह छ । उता नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघले पनि घर भाडामा ५० प्रतिशत छुटको माग गरेको छ ।

SHARE