मुसिकोटका दाजु बहिनी सम्पर्क बिहिन

0
576
सांकेतिक तस्बिर

टोपलाल अर्याल

गुल्मी, ८ चैत :जिल्लाको मुसिकोट नगरपालिका २ का दाजुबहिनी सम्पर्क बिहिन भएका छन् । मुसिकोट मैदान निवासी भुपेन्द्र जिसीको १३ बर्षीय छोरा बिजय र १२ बर्षीया छोरी सिचना जिसी सम्पर्क बिहिन भएका हुन् । शुक्रबार दिउँसो ३ बजे बुटवल बसपार्कबाट घर हिडेका दाजुबहिनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा भुपेन्द्र जिसीले बताए । केहि बर्षदेखि जिसी परिवाले बुटवलमै ज्याला मजदुरी गर्दै आएका छन् । बिजय ६ महिनादेखि र सिचिना एक बर्षदेखि बाबा आमासंगै बस्ने गरेका थिए । आफुहरु काममा गएको बेला दाजुले बहिनी लिएर हिडेको र वुटवल बसपार्कमा सानीमाले बोलाउँदा भागेर हिडेको आमा कल्पना जिसीले बताइन् । उनले देशभर कोरोनाको संक्रमणको त्रास भइरहेका बेला छोराछोरीनै सम्पर्क बिहिन भएकाले पीडा भएको बताइन् । पहाड घर मुसिकोटमा पनि सम्पर्क भएकाले अहिलेसम्म नपुगेको जिसीले बताइन् ।

SHARE