चट्याङ लागेर गुल्मीमा एकको मृत्यु

0
306

चैत ८,२०७६ गुल्मी  : गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३७ बर्षिय होमकला श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

आफ्नै घरमा बसिरहेको बेला शुक्रबार राती आठ बजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो । घाइते श्रीसको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक राजजकुमार रावलले जानकारी दिए । शबलाई पाल्पामै पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
घाइतेको परिवारलाई तत्काल राहतका लागि १० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । अन्य अबस्था हेरी बिपदको बेलामा गाउँपालिका साथमा रहेको ढकालले बताए ।

SHARE