पाल्पामा करिव तीन सय लिटर अबैध घरेलु मदिरा नष्ट

0
391

शुसिला रेग्मी
चैत ८ , २०७६ पाल्पा  : जिल्लाको बगनासकाली गाउँपालिका ५ को खानीछापबाट तानसेनतर्फ लैजादै गरेको करिव तीन सय लिटर घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय पाल्पाले नष्ट गरेको छ ।

अवैध मदिरा ल्याउदै गरेको लु १ ज २०६१ नम्वरको जीपलाई तानसेन नगरपालिका वडा नं १ गोर्खेकोटबाट शुक्रवार दिउँसो पक्राउ गरिएको हो ।

शुक्रवार साँझ पत्रकार, स्थानीय, विभिन्न निकायका प्रतिनिधिहरुको रोहबरमा प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाको परिषरभित्र नष्ट गरेको हो ।

SHARE