विपन्न परिवारलाई साबुन र मास्क वितरण

0
274

चैत ७, २०७६ म्याग्दी  : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ ले न्यून आर्थिक अवस्था रहेका परिवारलाई कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न साबुन र मास्क वितरण सुरु गरेको छ। वडाभित्र रहेका ६ सय ५० घरधुरीमध्ये पहिलो चरणमा विपन्न ३ सय ३३ परिवारलाई यो सामग्री वितरण गरिएको छ।

शुक्रबार वडा कार्यालयको पहलमा युवा र बाल क्लबका प्रतिनिधिमार्फत बस्तीमा साबुन र मास्क हस्तान्तरण गरिएको हो। वडाध्यक्षको पहलमा कृष्णसिंह बानियाँले एक हजार ४ सय वटा साबुन वितरण गरिएको जानकारी दिए। सहयोगदातामार्फत सहयोग जुटाएर प्रतिघरधुरीलाई चार वटाको दरले साबुन र हरेक व्यक्तिलाई मास्क वितरण सुरु गरिएको वडा अध्यक्ष बानियाँले जानकारी दिए।उनका अनुसार एक महिनालाई हातधुन पुग्नेगरी साबुन र जोखिमयुक्त ठाउँमा जानुपर्ने अवस्थामा प्रयोग मास्क वितरण थालिएको हो।

SHARE