रामपुरमा तरुण दलद्धारा निशुल्क मास्क वितरण

0
424

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७चैत  : पाल्पाको रामपुर नगरपालिकामा तरुण दलले निशुल्क मास्क वितरण गरेको छ । तरुण दल रामपुर नगरले एक कार्यक्रमका बीच कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरेको हो । विश्वभर फैलिएको नोबेल कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै तरुण दल रामपुरद्धारा निशुल्क मास्क वितरण गरिएको छ ।

तरुण दल नगर सभापति शंकरबहादुर खाँणको अध्यक्षतामा मास्क वितरण कार्यक्रम भएको हो । बेझाड बजार चोकमा भएको कार्यक्रममा सर्वसाधारणलाई मास्क वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भाइरस संक्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

नगर प्रमुख थापाले बाहिरबाट रामपुर भित्रने नागरिकको स्वास्थ्य परिक्षण गर्न विभिन्न नाकामा हेल्प डेस्क स्थापना, आइसोलेशन कक्षका लागि पाँच शैयाको तयारी गरिएको जानकारी दिनुभयो । रोग लागिहालेमा आत्तिहाल्न भन्दा पनि बच्ने उपायमा ध्यान दिन आग्रह गर्दै आफु पनि बचौँ र अरुलाई बचाऔँ अभियानमा सबैले आ आफ्नो ठाउँबाट लाग्न अनुरोध गर्नुभएको छ ।

रामपुरमा मास्कको अभाव सिर्जना हुन नदिन रामपुर नगरपालिकाकाले दश मास्क उत्पादन गर्न लागेको नगर प्रमुख थापाले बताउनुभयो । कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन बिहिवार एक हजार मास्क वितरण गरिएको यसलाई निरन्तरता दिने तरुण दल नगर सभापति शंकरबहादुर खाँणले बताउनुभयो ।

साथै सोही अवसरमा सर्वसाधारण नागरिकलाई कोरना भाइरस संक्रमणबारे स्वास्थ्यकर्मी डाक्टर नरेश पौडेलले प्रशिक्षण समेत दिनुभएको छ । तरुण दलले गरेको कार्य अत्यन्तै राम्रो रहेको महेश पौडेल बताउनुहुन्छ ।

तरुण दलले दुई हजार मास्क रामपुर स्थित विभिन्न संघ संस्थालाई वितरण गर्ने सह सचिव प्रकाश क्षेत्रीले बताउनुभयो । कार्यक्रमको संचालन तरुण दल नगर सचिव छमबहादुर दरै र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य डिबि कालिजले गर्नुभएको हो ।

SHARE