रामपुरका महिलाहरुलाई स्वीटर बुन्ने तालिम

0
768

सुशीला रेग्मी

चैत ७, पाल्पा : आदिवासी जनजाती समुदायका महिलाहरुका लागि रामपुरमा संचालन भएको आयमुलक स्वीटर बुन्ने तालिम आज सम्पन्न भएको छ । आदिवासी जनजाती उत्थान समन्वय समिति रामपुर नगरपालिका ५ पाल्पाको आयोजनामा बेझाड बजारमा संचालन भएको तालिम आज एक कार्यक्रम गरी समापन गरिएको हो । समितिका अध्यक्ष भोजबहादुर दरैको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका ५ का अध्यक्ष हिमाल मल्ल रहनुभएको हो । प्रमुख अतिथि वडा अध्यक्ष मल्लले महिलाहरुले घरमै बसी बसी पनि आयआर्जन गर्न सकिने भएको हुदा स्वीटर बुनेर आफ्नो घरखर्च चलाउन सकिने बताउनुभएको छ । उहाँले सीप दिन सकियो भने महिला आत्मनिर्भर बन्ने सक्ने हुदा लक्षित वर्ग छुट्याएर वजेट विनियोजन गर्ने गरेको बताउनुभएको छ ।

समितिका सदस्य सरस्वति श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा वडा सदस्यहरु साबित्रा गौतम, विष्णुप्रसाद बस्याल, माया नेपाली, वडा सचिव महेशप्रसाद भट्टराई, पत्रकार सुशीला रेग्मीले बोल्दै तालिममा सिकेको सीपलाई व्यवसायिकतामा उतार्न आग्रह गर्नुभएको छ । सहभागी मनकुमारी थापा र ज्योतीमाया कुमालले तालिम अत्यन्तै राम्रो रहेको हुदा अर्को वर्ष वजेट धेरै छुट्याएमा वडाका धेरै महिलाहरुलाई समेट्न सकिने बताउनुभएको छ ।

कार्यक्रमका अवसरमा पाहुनाहरुलाई महिलाहरुले उत्पादन गरेको स्वीटर तथा गलबन्दी मायाको चिनोले सम्मान गरिएको छ । साथै तालिममा उत्कृष्ट सहभागीहरु विष्णुमाया श्रेष्ठ, बसन्त श्रेष्ठ, शान्ती श्रेष्ठ र तालिममा सहभागी ज्येष्ठ सदस्य ५७ वर्षीय तिलकुमारी कुमाललाई मायाको चिनोले पुरस्कृत गरिएको छ । प्रशिक्षक शोभा आले, बिन्दु श्रेष्ठ र सुकमाया श्रेष्ठले तालिममा सहभागीलाई सीप सिकाउनुभएको हो । समितिका सदस्य शोभा आलेले धन्यवाद दिनुभएको कार्यक्रमको संचालन सचिव बिन्दु श्रेष्ठले गर्नुभएको हो । वडाबाट प्राप्त रु ५० हजारको सहयोगमा तालिम संचालन गरिएको हो ।

SHARE