पाल्पाको रामपुरमा पाँच जुवाडे पक्राउ

0
601

सुशीला रेग्मी

रामपुर (पाल्पा), ४ चैत  : पाल्पाको रामपुर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा पाँच जुवाडे पक्राउ परेका छन् ।मंगलवार साँझ करिव ५ वजेको समयमा रामपुर नगरपालिका वडा नं ७ डुम्रिगाउँ स्थित यमबहादुर सारुको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जुवाडेलाई प्रक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी सहायक निरिक्षक श्रवणकुमार थापाको नेतृत्वमा खटिएको टोलीले जुवा खेल्दै गरेको अवस्थामा पाँच जुवाडेको साथमा तीन बुक तास, रु एक चालिस हजार चार सय २२ रकम सहित प्रक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका ७ डुम्रिगाउँ बस्ने ३८ वर्षीय यमबहादुर सारु, सोही ठाउँकै २९ वर्षीय रामबहादुर श्रेष्ठ, ३८ वर्षका ओमबहादुर मश्राङ्गी, ४२ वर्षका झविलाल विक र ४० वर्षीय चेतबहादुर मल्ल रहेका छन् । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

SHARE