कोरोना भााइरसका कारण गुल्मी महोत्सब स्थगित

0
379

चैत ४,२०७६ गुल्मी  : यहि चैत २१ गते देखि हुने भनिएको चौथो गुल्मी महोत्सब स्थगित गरिएको छ ।

बिश्वभर फैलिएको कोरोना भाइरसका कारण महोत्सब स्थगित गरिएको गुल्मी उधोग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । उनका अनुसार विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले सभा , सम्मेलन , महोत्सव आयोजना गर्नमा रोक लगाएको र जिल्लाको रेसुंगा नगरपालिका र जिल्ला प्रशासन कार्यलय गुल्मीले पनि महोत्सब आयोजना नगर्नका लागि आग्रह गरेका कारण महोत्सब स्थगित गरिएको जानकारी दिए ।
उधोग बाणिज्य संघ गुल्मीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सब स्थगित गरिएको र पछि अनुकुल समय मिलाएर महोत्सव आयोजना गर्ने समेत जनाएको छ । वाणिज्य संघले यस अबधिसम्म सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद समेत दिएको छ ।

SHARE