आर्थिक अभावमा उपचार नपाएपछि उपचार अभावमा मृत्यु कुर्दै

0
452

सागर भण्डारी

चैत ४,२०७६ गुल्मी  :  मुसिकोट नगरपालिका २ धुसेनीका मित्र बहादुर रायमाझीले आर्थिक अभावमा उपचार गर्न नसकेपछि सबैसगं सहयोगका लागि अपिल गर्नुभएको छ ।
उहाँका छोराछोरी छैनन् सहारा भनेको श्रीमति हो । श्रीमति पनि विरामी भएर थलिएको २ महिना भैसक्यो । मित्र आफै पनि विरामी भएर अहिले विस्तारामै थलिनुभएको छ । १२ वर्ष पहिले विहे गर्नुभएका उहाँका सन्तान भएनन् ।
आफन्त र दाजुभाई पनि आर्थिक रुपमा कमजोर भएपछि यतिबेला उहाँ उपचार अभावमा घरमै रुँदै बस्दै गर्नुभएको छ । श्रीमती बिरामी भएपछि स्थानीयले चन्दा सकंलन गरेर जिल्ला अस्पताल तम्घासमा उपचार गर्न लगेका थिए । तर जिल्ला अस्पतालले पाल्पा लैजान भनेपनि पैसा नभएपछि घरमै ल्याएर श्रीमतीलाई राख्नुपरेको उहाँले बताउनुभयो ।
सुरुमा त गाउँलले चन्दा उठाएर केही पैसा सकंलन गरी तम्घास लगेका थिए जिल्ला अस्पतालले प्यारालाईसिस भएको हो भन्यो, पाल्पा लैजान भनेको थियो । चन्दा सकंलन गरेको पैसा पनि तम्घासमै सकियो बिहान बेलुका हातमुख जोर्न त धौ छ मैले कसरी पाल्पा लगेर जानु मित्रले भक्कानिँदै भन्नुभयो ।
मित्रकी श्रीमती शारिरिक रुपमा पनि अशक्त हुनुहुन्छ । उहाँ बोल्न सक्नुहुन्न । यसो भयो उसो भयो, दुख्यो केही भन्न सक्दिन खाना खर्च नभएपछि विरामीले भेट्न आउँदा ल्याईदिने विस्कुटले गुजारा चलाईरहेको उहाँले बताउनुभयो ।
मेरो त सहारा पनि कोही छैन् गरिबलाई भगवानले पनि हेला गर्ने रहेछन् मित्रले रुँदै भन्नुभयो । छोराछोरी भएको भए त बुबा आमा विरामी छन् भनेर रिनधन गरेर भएपनि अस्पताल लैजाने थिए होला के गरुँ म अभागी सबैतिरबाट पीडित भए उहाँले भन्नुभयो ।
आर्थिक अवस्था कमजोर भएपछि उहाँले सहयोगका लागि सबैसगं अपिल गर्नुभएको छ । मेरी श्रीमती र मेरो ज्यान बँचाईदिनुस् म बाँच्न चाहान्छु आँखा भरी आँसु लिँदै उहाँले सबैसगं आग्रह गर्नुभयो । जगंलकोबीचमा सानो झुपडीमा बस्नुभएका मित्र बहादुर श्रीमतीसगैं विरामी भएपछि विस्तारामै थलिनुभएको छ ।
खानाखर्च समते नभएर विस्कुटको भरमा दिन गुजार्नुपरेको उहाँले बताउनुभयो । छोराछोरी कोही नभएपछि विरामी भाई बुहारीको स्याहार अहिले उहाँका दाईले गर्दै आउनुभएको छ । दाईका पनि छोराछोरी नभएको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार गर्न लान नसकिएको बताउनुभयो ।
विरामी भएको थाहापाएपछि स्थानीयले चन्दा सकंलन गरेर तम्घास लगेको र अहिले कहीकतैबाट उपाय नलागेपछि फर्काएर घरमै राख्नुपरेको स्थानीय केशव रायमाझीले बताउनुभयो । उहाँलाई सहयोग गर्न चाहेमा ९८४९१७७५०५ अथवा ९८४७१८५५५३ मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो ।

SHARE