गुल्मीमा ३४ बर्षिय महिला मृत फेला

0
482

चैत २,२०७६ गुल्मी ः गुल्मीमा एक जना महिला मृत फेला परेकी छिन् ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं चार बीरबासमा ३४ बर्षिय बिन्दु थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं तीनमा घर भएकी थापा माइतीघरमा बस्दै आएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए । खडकाका अनुसार शब आइतबार बिहान बीरबासको कुसेत्रो फाल्ने ठाउँमा फेला परेको र शबलाई पोष्ट मार्टमका लागि तम्घास अस्पतालमा ल्याइएको जानकारी दिए । शबको प्रकृति हेर्दा करिब चार दिन अगाडीको घटना जस्तो देखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE