दाङमा अल्लोको मास्क उत्पादन

0
446

चैत १, २०७६ दाङ  :घोराहीमा अल्लोको मास्क उत्पादन सुरु भएको छ। कोरोना भाइरस त्रासका कारण दाङका बजारमा पनि मेडिकल मास्कको अभाव भइरहेका बेला दाङ कोसेली घरले अल्लोको मास्क उत्पादन सुरु गरेको हो।

पछिल्लो समयमा बजारमा मास्कको अभाव रहेकाले अल्लोको मास्क बनाउन थालेको कोसेली घरकी सञ्चालक प्रेमकुमारी पुनले बताइन्। स्थानीय स्तरमा पाइने कच्चा पदार्थबाट बनाइने अल्लोको एउटा मास्कको मूल्य ८० रुपैयाँ तोकिएको छ। अहिले उत्पादन गरेको मास्कको मूल्य धेरै पर्ने भए पनि सबैले प्रयोग गर्न सकून् भनेर ८० रुपैयाँमा बिक्री गर्दै आएको पुनले बताइन्।

नेपाली कच्चा पदार्थबाट उत्पादन भएको वस्तुहरुको बजारीकरण गर्न राज्यले नै विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ। अल्लो दाङको पहाडी क्षेत्रलयायत रोल्पा, रुकुम, सल्यान, प्युठानमा पाइन्छ। तर, पुनको कोसेली घरमा डोटी, डढेल्धुराबाट कच्चा पदाथए ल्याएर सामानहरु बनाउने गरेको ज्योति मगरले जानकारी दिइन्।

SHARE