पाल्पामा ४८ विद्यार्थी एसईई दिनबाट वन्चित

0
331

सुशीला रेग्मी

रामपुर (पाल्पा), १ चैत  : पाल्पा जिल्लामा आगामी चैत ६ गतेबाट सुरु हुने यसवर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) दिनबाट ४८ जना विद्यार्थी वन्चित भएका छन् ।

परिक्षा आवेदन फाराम भरेपनि विविध कारणले सो विद्यार्थी परिक्षामा सहभागी हुन नपाउने भएका छन् । परिक्षामा पाल्पा जिल्लाबाट पाँच हजार ६८ जना विद्यार्थीहरु सहभागी हुदैछन् ।

नियमित तर्फ चार हजार आठ सय ९६ र ग्रेडवृद्धितर्फ दुई सय १६ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाई कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला सबै स्थानीय तहमा गरेर २५ वटा परिक्षा केन्द्र तोकिएको छ । तानसेन नगरपालिकामा नौ वटा छन् । जसमा जनता मावि, पद्मा पब्लिक मावि, महेन्द्रबोधी, सेन मावि, मोहनकन्या मावि, न्यु होराइजन बोर्डिङ्ग स्कुल, दमकडा मावि, शारदा मावि र त्रिभुवन मावि छन् ।

रामपुर नगरपालिकामा दरैठाँटी मावि, रामतुलसी मावि र जनविकास मावि गरी तीन वटा परिक्षा केन्द्र तोकिएको छ ।

निस्दी गाउँपालिकामा जनतामावि, पूर्वखोला गाउँपालिकामा उद्बुद्ध मावि, रम्भा गाउँपालिकामा रम्भा मावि र जनकल्याण मावि, बगनासकाली गाउउँपालिकामा विष्णु मावि, दर्लमडाँडा मावि, चन्द्र मावि गरी तीन वटा परिक्षा केन्द्र परेका छन् ।

यस्तै माथागढी गाउँपालिकामा किसान मावि र शौभाग्य मावि गरी दुई वटा, रिब्दिकोट गाउँपालिकामा भवानी मावि र भैरव जनता मावि गरी दुई वटा, रैनादेवी छहरा गाउँपालिकामा महाकाली मावि र भैरव नवदिप मावि गरी दुई वटा परिक्षा केन्द्र तोकिएको छ ।

जिल्लाभरमा प्रत्येक परिक्षा केन्द्रमा एक÷एक जना परिक्षा केन्द्राध्यक्ष र दुई÷दुई जना सहायक केन्द्राध्यक्ष खटाइने भएको छ । प्रत्येक केन्द्राध्यक्षमा १५ जना सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाई कार्यालय पाल्पाका प्रमुख पौडेलले बताउनुभयो । चैत्र ६ गतेदेखि १७ गतेसम्म परिक्षा संचालन हुदैछ । पहिलो दिन चैत ६ गते अनिवार्य अंग्रेजी विषयको परिक्षा संचालन हुदैछ ।

SHARE