डिस्चार्जपछि प्रधानमन्त्रीले भने :स‍न्‍चो भएर निवास फर्किएँ, सबैलाई धन्यवाद

0
324

फागुन ३०, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्।

निवास फर्किएपछि सामाजिक सञ्जाज ट्विटरमार्फत उनले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले पहिलो ट्विटमा आफू १२ दिन अस्पताल बसाइँपछि निवास फर्किएको जानकारी दिँदै मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति आधार व्यक्त गरेका छन्।

अर्को ट्विटमा अस्पतालमा रहँदा स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका नेपालीलाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार दिउँसो डिस्चार्ज भएका हुन्। मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरेको १०औँ दिनमा प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज भएका हुन्। पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते अस्पतालमा भर्ना भएका थिए।

प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरिकी थिइन्। उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै बुधबार नै अस्पतालबाट डिस्चार्ज दिइको थियो। प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो।

यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।थाहाबाट

SHARE