पाल्पा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

0
727

फागुन ३०, २०७६ पाल्पा  :लायन्स क्लब अफ श्रीनगर तानसेन पाल्पाले पाल्पा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच ९ लाख बराबरको स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।

श्रीनगर लायन्स क्लव पाल्पाका अध्यक्ष नारायणबहादुर कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेलाई सामग्री हस्तान्तरण गरेका हुन्। अध्यक्ष कार्कीका अनुसार वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन नामक स्वास्थ्य सामग्री प्रदान गरिएको हो। करिब ९ लाख बराबरको बच्चाको उपचारका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री सहयोग गरेको उनले बताए। २८ दिनभन्दा मूनिका बच्चाको उपचारका लागि यो सामग्री प्रयोग गरिन्छ। यसअघि यहाँ जन्मिएका बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महँगो तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो। क्लबका अध्यक्ष कार्कीको पहलमा लायन्स क्लबअन्तर्गत इटलीबाट यो सामग्री प्राप्त भएको हो।

भर्खर जन्मिएको बच्चालाई उपयुक्त तापक्रम नपुगेमा वार्मरको प्रयोगले आवश्यक तापक्रम उपलब्ध गराइने जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डाक्टर जगदीश कुवरले जानकारी दिए। फोटो थेरापीले जण्डिसको उपचार, बेबी रिससिटेसनले स्वासप्रस्वासमा समस्या भएका बच्चालाई कृतिम स्वास दिने काम गर्छ भने अप्टीमा सोलुसन हात धुन प्रयोग गरिने उनी बताउछन्।

१९७० सालमा स्थापना भएको पाल्पा अस्पताल जिल्लाकै पूरानो सरकारी अस्पताल हो। आधृनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाई भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए। पछिल्लो समयमा सहयोगी दाताहरूले विभिन्न आधुनिक सामग्री उपलब्ध गराएकोप्रति उनले धन्यवाद प्रकट गरे। गरिब तथा विपन्न परिवारका विरामी उपचार गराउन आउने पाल्पा अस्पताललाई सुविधासम्पन्न बनाउन तीनै तहका सरकारले सहयोग गर्नुपर्नेमा अध्यक्ष पाण्डेले जोड दिए।

सरकारी अस्पताललाई सरकारले विशेष बजेटको व्यवस्थापन गरेर उपचार प्रविधि गुणस्तरीय बनाउन उनले माग गरे। अस्पतालका सुपरिटेण्डन डाक्टर पुष्प ज्ञवालीले अस्पतालको सेवालाई भरपर्दो र विश्वासिलो बनाउने गरि आफुहरूले काम गरिरहेको बताए। आज उपलब्ध भएका सामग्रीले बच्चाको उपचारमा ठूलो सहयोग पुग्ने उनले बताए। उपचारका सामग्री र औषधीको अभावले सोचेजती विरामीलाई सेवा दिन कठिनाई भइरहेको उनको भनाइ छ। अहिले अस्पतालमा भएका स्रोत साधनको समुचित प्रयोग गरेर विरामीलाई गुणस्तरीय सेवा दिइरहेको उनले दाबी गरे।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५, वि टु नेपालका पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले लायन्स क्लब विशुद्ध सामाजिक काम गर्ने संस्था भएको बताए। स्थानीय सरकार तथा अन्य कुनैपनि सामाजिक संस्थासँग आफूहरूले सहकार्य गरेर स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा काम गर्न तयार रहेको उनले बताए। लायन्स क्लबले वातावरण, आँखा, क्यान्सर रोग, बच्चाको उपचार र महामारीको रूपमा रहेको मधुमेह अर्थात् सुगर नियन्त्रण गर्ने खालका कार्यक्रम संचालन गर्दै आएको श्रेष्ठले बताए। जिल्लाको पूरानो अस्पताललाई स्थापित गर्ने दायित्व आम पाल्पालीको भएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए।

यो अस्पतालको विकास र प्रभावकारी सेवा विस्तारका लागि तानसेन नगरपालिकाले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। सोही अवसरमा श्रीनगर लायन्श क्लवका स्वास्थ्य संयोजक रामलाल श्रेष्ठले एकसय थान हातमा लगाउने ग्लोब अस्पताललाई हस्तान्तरण गरेका छन्। नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने खालका क्षेत्रमा आफुहरूले सहयोग गर्दै आएको क्लब पाल्पाका तृतीय सचिब अशेष भट्टराइले बताए। थाहाबाट

SHARE