यी हुन जीत्नकै लागि जन्मिएका ३ राशी ! हरेक क्षेत्रमा हुन्छ उनीहरुकै राज !

0
694


हरेक व्यक्तिको सफलताको कारक भनेको नै ग्रह र राशी हो । हिन्दु धर्ममा विश्वास गर्ने जो कोहीले आफ्नो राशीलाई विश्वास गर्ने गर्छन् । व्यक्तिको सफलता भाग्यसँग मात्रै जोडिएको नभएर दृढ संकल्प, अत्मविशवाससँग पनि जोडिने गर्छ। जन्म कुण्डलीमा वृहस्पति , मंगल र शनि शुभ स्थितीमा हुने व्यक्तिलाई कहिले पनि जीत मात्रै प्राप्त हुने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । हेरौँ कुन कुन हुन त ती राशीहरु ।

मेष : मेष राशी हुने व्यक्तिहरु अद्भूत क्षमताको धनि हुने गर्छन् । तेज दिमाग भएको आत्माविश्वासमा पनि अन्य राशी भन्दा अगाडी रहेका हुन्छन् । नेतृत्व गर्ने क्षमता प्रचुर मात्रामा रहेकाले ती व्यक्तिहरुले धेरै क्षेत्रबाट सफलता प्राप्त गर्ने गर्छन् । उनीहरु हदै सम्मको दुख गर्न पनि पछि हट्दैनन् । त्यसकारण हरेक क्षेत्रमा उनीहरुको जीत हुन्छ ।

धनु : धनु राशीलाई क्रान्तिकारी राशी पनि भनिन्छ । यो राशी भएका व्यक्तिहरु जीवनमा छुट्टै किसिमको अनुशासन अपनाउने गर्छन् । उनीहरुमा बल मात्रै नभएर एकीकृत गर्नमा पनि खप्पिस हुने गर्छन् । उनीहरु आफुमा आएको हरेक दुखलाई चिर्दै जीत हाँसिल गर्नमा अग्रसर रहेका हुन्छन् ।

मकर : मकर राही भएका व्यक्तिहरु हरेक प्रकारको प्रतिष्ठित सम्मान, धन वैभव मिल्ने गर्छ । हरेक सफलता आफ्नै प्रयासमा हात पर्न सक्ने प्रभावशाली हुन्छन् । अन्य व्यक्तिलाई छिट्टै प्रभाव पार्न सक्ने क्षमता भएका यी व्यक्तिहरु सफलता पाउनको लागि जस्तोसुकै दुख र कष्ट गर्न पनि तयार हुन्छन् ।

SHARE