नेकपाको तीन महिने अभियान संचालनका लागि स्थानीय तहहरुमा तयारी बैठक

0
543

तिलाचन पाण्डे
फागुन २९,२०७६ गुल्मी  :नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीले तीन महिने अभियानका लागि तयारी बैठकहरुलाई तिब्रता दिएको छ । सोही अनुसार कालीगण्डकी चन्द्रकोट र सत्यवती गाउँपालिकाहरुमा तयारी बैठक सम्पन्न गरेको नेकपा गुल्मीका संगठन बिभाग प्रमुख बालसिङ काउछाले जानकारी दिए ।साथै रेसुंगा नगरपालिका , छत्रकोट गाउँपालिकामा पनि तयारी बैठक सकिएको र अन्य स्थानीय तहहरुमा पनि तयारी बैठकका कामहरु भएको नेकपा गुल्मीले जनाएको छ ।


काउछाका अनुसार तीन वटै सरकार र पार्टी बिचको देखिएको ग्याब संगै बर्तमान सरकारले गरेका काम कारवाही र आगामी दिनमा बिकास निर्माणका कामहरुको बारेमा छलफल र पार्टी कमिटि बिस्तारलाई तिब्रताका साथ अगाडी बढाउने गरि तयारी बैठकहरुलाई अगाडी बढाउको जानकारी दिए । बैठकमा तीन महिने अभियानलाई कसरी संचालन गर्ने , कुन कुन स्थानीय तहमा कहिले देखि र कुन कुन ठाउँहरुबाट अभियान कसको नेतृत्वमा संचालन गर्ने भन्ने बारेमा तयारी स्वरुप बैठकहरु बसेको जानकारी दिए ।
पहिलो चरणमा तयारीका लागि जिल्लाका सबै स्थानीय तहमा बैठकहरु बसिएको र चैत १ गतेदेखि रुरुक्षेत्र गाउँपालिकाको रिडीबाट तीन महिने अभियानको सुरुवात गरिने काउछाले जानकारी दिए ।

हेरौ कालीगण्डकी गाउँपालिको तयारी बैठकका केही तस्बिरहरु

SHARE