पाल्पामा भ्यान दुर्घटना हुँदा छ जना घाइते

0
487

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ फागुन  : पाल्पामा भ्यान दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् ।

तानसेनबाट यम्घा जाँदै गरेको लु १ ज २५३९ नम्बरको भ्यान बिहिबार बिहान ११ बजेतिर बगनासकाली गाउँपालिका वडा नं ९ चापपानी झिरभञ्याङ्गनिर ओरालो सडकको बायाँतिर पल्टिएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा चालक तानसेन ६ का २६ वर्षिय पवन राना, सोही ठाउँका ३९ वर्षिया निर्मला खराल, ४४ वर्षिय शिब खराल, नवलपरासी बर्दघाट १० की ४० वर्षिया सरस्वति चापागाई, बुटवल उपमहानगरपालिका ११, रुपन्देहीकी ३४ वर्षिया मिना भटराई र सोही ठाउँकै २८ वर्षिया बिना बस्याल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

SHARE