पाल्पाको माथागढीमा गर्भवतीलाई अण्डा उपहार

0
340

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ फागुन : पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी अण्डा उपहार कार्यक्रम संचालन गरेको छ ।

‘उपाध्यक्ष आमा सुरक्षा, गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रम अन्तर्गत गर्भवती भएका महिलाहरुलाई अण्डा उपहार दिन थालिएको छ ।

गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पु¥याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान कार्यक्रम चलाएको हो ।

गाउँपालिकामा गर्भवतीलाई अण्डा उपहार स्वरुप कार्यक्रम संचालन गरिएपछि गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थामा नै जानेको संख्या बढ्न थालेको पाइएको छ ।

संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि संग संगै अगाडी बढाएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले चार लाख रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिनुभएको छ ।

“अझैपनि महिलाहरु स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनीहरुलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परिक्षण गराउन बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ” अध्यक्ष मगरले भन्नुभयो ।

गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ । गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परिक्षणका लागि पुगेपछि तीन सय ५० रुपैयाँ बराबरको अण्डा दिन थालिएको छ ।

गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई स्वास्थ्य सम्बन्धी जानकारी गराएर मात्र अण्डा दिने गरिएको छ । यसले गर्दा पनि महिलाहरु आफ्नो स्वास्थ्यप्रति हेरचाहमा जोड दिन थालेको पाइएको छ ।

स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय रकम प्रोत्साहन स्वरुप दिने गरेको रुप्से स्वास्थ्य चौकीका प्रमुख यमबहादुर चिदीले बताउनुभयो ।—

SHARE