सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

0
362
सांकेतिक तस्बिर

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ फागुन :पाल्पा बुटवल सडकखण्ड अन्र्तगतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नती गर्नका लागि चैत १ गते देखि १२ गते सम्म दैनिक आठ घण्टा बन्द गरिदैछ ।

घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिन सम्म आंशिक रुपमा भएपनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

राजमार्ग पुनःस्थापना तथा स्तरोन्नती कार्यक्रमअन्तर्गत घुम्ती काट्‍न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ ।

चैत १२ गते देखि बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।

दैनिक तीन समयमा सडक बन्द हुने भएको हुदा सो समयमा काम हुने ठाउँको नजिक बढी भिडभाड नगरी ट्राफिक नियमको पालना गरी सहयोग गरिदिनुहुन जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले अनुरोध गर्नुभएको छ ।

सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, पर्वत, गुल्मी लगायतका धेरै जिल्लामा दैनिक सयौँको संख्यामा सवारी साधन आवतजावत गर्छन् । यस सडकखण्डमा घुम्ती र पहिरोका कारण धेरैले ज्यान गुमाउनु परेको छ ।

SHARE