रामपुरमा युरिया मल खुवाउँदा पशुचौपाया मरे

0
693
सांकेतिक तस्बिर

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ फागुन  : रामपुरमा युरिया मल खुवाउँदा पशुचौपाया मरेका छन् । पशुलाई कुडो पकाउने बेला झुक्किएर युरिया मल हालेर पकाउँदा रामपुर नगरपालिका १ पन्थेका हरिप्रसाद पोखरेलको भैसी र बाख्रा मरेका छन् ।

बिहानको कुडो अघिल्लो दिन साँझ नै पकाउने बेला दानाको ठाउँमा झुक्किएर युरिया मल परेपछि दुई भैँसी, तीन बाख्रा, एक खसी, एक बोका मरेको छ ।

युरिया मलको सेवनका कारण करिव दुई लाख बराबरको पशुचौपायाको क्षति हुन पुगेको छ । कुडो खाएका पशु मरेको र लैनो पाडो सहित सानो बाख्राको बच्चा कुडो नखाएका कारण बाँच्न सफल भएको छ ।

सो घटनाका सम्बन्धमा पशु सेवा शाखा कार्यालय रामपुरका प्राबिधिक टोलीले अनुगमन गरेको छ । प्राबिधिकका अनुसार युरिया मलका असरले पशु मरेको बताइएको छ ।

SHARE