एच्.आई.भि. संक्रमितलाई हेर्ने धारणा परिवर्तन हुनुपर्नेमा जोड

0
1163

हुमाकान्त पोखरेल
गुल्मी
फागुन २९,२०७६ गुल्मी  : गुल्मीमा एच्.आई.भि. संक्रमितहरुको भेला सम्पन्न भएको छ । हाम्रो जिवन प्लसको आयोजना तथा कबखभ तजभ अजष्मिचभल को आर्थिक सहयोगमा भेला सम्पन्न भएको हो । भेलमा सहभागि जिल्लाका विभिन्न स्थानका संक्रमितहरुले आफुहरुलाई समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्ने बताएका छन् । अझै पनि संक्रमितप्रति समाजका मानिसहरुले नकारात्मक धारणा बनाउने गरेकोले एच्.आइ.भि. संक्रमितहरु समाजमा स्थापना हुन असहज भइरहेको उनीहरुले बताएका छन् । भेलामा सहभागिहरुले संक्रमितहरुको निःशुल्क स्वास्थ्य बीमा हुनुपर्ने, जीवन बीमा हुनुपर्ने, उपचारमा सहुलियत हुनुपर्ने जस्ता विषयवस्तुहरु उठाएकाको संस्थाकी कर्मचारी कार्यक्रम अधिकृत पुष्पा गौतमले जानकारी दिइन् ।
गुल्मीमा वि.स. २०६४ सालमा स्थापना भएको हाम्रो जीवन प्लसले एच.आई.भि. संक्रमितहरुको पक्षमा बहस र पैरवी गर्दै आएको छ । साथै संस्थाले संक्रमितहरुको तथ्याङ्क संकलन, विभिन्न समयमा पोशाक वितरण, भेला आयोजना, जनचेतना, तालिम जस्ता कार्यक्रम गर्दै आएको संस्थाकी अध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिइन् । संस्थाको तथ्याङ्कअनुसार जिल्लामा हाल २८९ जनामा एच.आई.भि. संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै सत्यवती गाउँपालिकामा ५२ जना रहेका छन् । रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६, मुसिकोटमा ३८ जना संक्रमित रहेका छन् । त्यस्तै इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालिगण्डकीमा चार, चन्द्रकोटमा २० र रेसुङ्गा नगरपालिकामा २८ जना एच्.आई.भि. संक्रमित रहेको हाम्रो जीवन प्लस, गुल्मीले जनाएको छ ।

SHARE