झोलाबाट सुरुवात रामपुर साकोसले पाल्पामै पहिलो लिफ्ट सहितको भवन बनाउँदै

0
446

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ फागुन  :झोलाबाट सुरु भएको रामपुर वचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमुनाका रुपमा लिफ्टसहितको बहुउद्धेश्यीय भवन बनाउदैछ ।

तीन वर्ष भित्र सम्पन्न गर्ने योजनाका साथ रु दुई करोड ६५ लाखको लागतमा साढे चार तलाको सहकारीको भवन निर्माण गर्ने कार्य भइरहेको छ । एक रोपनी जग्गामा पार्किङ्ग सहितको भवन निर्माणको दोस्रो वर्षको काम सुरु भइरहेको छ ।

हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ भने अबको एकवर्ष भित्र निर्माण कार्य सकिने सहकारीका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

“सहकारीको इतिहास झोलाबाट सुरुवात गरिएको हो, अहिले आफ्नै कोषबाट पाल्पा जिल्लामै पहिलो लिफ्टसहितको सुबिधा सम्पन्न भवन निर्माण कार्य गरिरहेका छौँ, हामी सदस्यको सेवालाई बढी प्राथमिकता दिएर काम गरिरहेका छौँ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

‘सदस्यहरुको पहिलो रोजाई, व्यवसायिक सबल एवम् उत्कृष्ट सहकारी’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै प्रोबेसन कार्यक्रममा अगाडी बढेको छ ।

छरिएर रहेका सहकारीलाई एकिकृत गरी सेवाको दायरालाई फराकिलो बनाउन चन्द्रज्योती वचत तथा ऋण सहकारी संग एकिकरण गरी विसं २०६५ जेठ १ गते देखि कारोबार संचालन गरी सहकारी एकिकरणको महत्वपूर्ण काम जिल्लामै गर्न सफल भएको छ ।

सहकारीले साढे ४२ करोड बराबरको कारोबार गर्दै आइरहेको व्यवस्थापक रामचन्द्र अधिकारी बताउनुहुन्छ । सहकारीमा हाल दुई हजार एक सय १९ महिला, एक हजार आठ सय ८८ पुरुष गरी चार हजार ५४ जना सेयर सदस्य आबद्ध छन् ।

१३ जनाको संचालक समिति रहेकोमा ३ महिला र १० पुरुष छन् भने तीन जना लेखा समिति सदस्यमा एक महिला र दुई जना पुरुष रहेका छन् ।

संस्थाले नियमित, ऐच्छिक, दैनिक, बाल वचत, आवधिक, बिमा, रेमिट्यान्स, सामाजिक, ज्येष्ठ सदस्य, बिशेष, शिक्षा, समुह वचत सेवा दिइरहेको छ । व्यापार, घरखर्च, कृषि र पशु, घर निमाृण तथा जग्गा खरिद, वैदेशिक रोजगार, सामाजिक, शैक्षिक, उद्योग, हायर पर्चेज ऋणहरु उपलब्ध गराउदै आएको संस्थाका सचिव लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

सहकारीले गरेका कामहरु

कृषकलाई व्यवसायिक कृषि कार्यक्रम अन्र्तगत तालिम, महिलाहरुलाई लक्षित गर्दै व्यवसायिक रुपमा ढाकाकपडा सिलाई कटाई तालिम, संस्थागत विकासका लागि सहकारी अध्ययन अवलोकन भ्रमण (आन्तरिक तथा बाह्य), साधारण सभामा नियमित रुपमा असल वचतकर्ता तथा असल ऋणी, उद्यमी कृषकलाई पुरस्कृत गर्ने गरेको छ ।

निरन्तर सहकारी शिक्षा कार्यक्रम संचालन, सामुदायिक रेडियोबाट सहकारी शिक्षा कार्यक्रम, राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु, पाल्पा जिल्लामा संचालनमा रहेका सहकारी संस्थाका कर्मचारीहरुलाई लेखा तालिम, सुफथ मुल्यको सहकारी सस्तो पसल संचालन गरी सदस्यलाई सेवा दिइरहेको छ ।

साधारण सभामा सदस्यहरुलाई यातायात भक्ता उपलब्ध, कृषकहरु तथा बृद्धहरुलाई अध्ययन अवलोकन भ्रमण, स्थानीय क्लव तथा आमा समुहहरु संग मिलि सामाजिक कार्यमा सहभागी, साधारण सभामा विभिन्न विधामा सम्मान जस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । पूर्ण तथ व्यवसायिक साकोस विकास कार्यक्रम संचालन गरिरहेको छ ।

नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी लिमिटेड काठमाण्डौँबाट २०७० पश्चिमान्चल विकास क्षेत्रबाट सर्बोकृष्ट सहकारी संस्था, २०६५ सालमा नेपालमै पहिलो सहकारी एकिकरण पुरस्काबाट डिभिजन सिंचाई कार्यालयका पाल्पाबाट सम्मानित भएको छ ।

२०७४ मा आन्तरिक राजश्व कार्यालय बुटवलबाट पाल्पा जिल्लामै सबैभन्दा धेरै कर बुझाउने संस्था र २०७६ मा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड फिल्ड कार्यालय बुटवलबाट उत्कृष्ट वचतकर्ता पुरस्कारबाट सम्मानित भएको छ ।

विभिन्न प्रकारका वचत सेवा उपलब्ध गराई अधिकतम वचत गर्ने बानी बसाल्नु, सदस्यहरुलाई प्रतिष्र्धात्मक व्याजदरमा उत्पादनमुलक तथा घरायसी ऋण उपलब्ध गराई आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउने, सदस्यहरुको हित र विकास हुने खालका सामुहिक वचतलाई जोड दिने कार्यक्रम अगाडी बढाउँदैछ ।

आयआर्जन समुह निर्माण र संचालन, लघु उद्यम व्यवसाय, उद्यमशीलता कार्यक्रम प्रवद्र्धनका क्रियाकलाप संचालन गरी सदस्यहरुको आयमुलक कार्यलाई बढावा दिई कार्य गर्ने, समान उद्धेश्य भएका सहकारी संस्था, संस्थाको नीति, कार्यक्रम उद्धेश्य संग मेल खाने सहकारी, गैर सहकारी र वित्तिय कारोबार गर्ने संस्थाहरु संग समन्वयात्मक कार्य गर्ने संस्थाका उद्धेश्यहरु छन् ।

SHARE