पौडी खेल्ने क्रममा बेपत्ता रोकाको शव फेला

0
320

सुशीला रेग्मी

रामपुर (पाल्पा), २८ फागुन ः पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रदिप रोकाको शव फेला परेको छ । पाल्पाको तिनाउ खोलामा रहेको तिनाउ जलविद्युत् केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा बेपत्ता भएका रोकाको शव मंगलवार दिउँसो २ वजे फेला परेको हो ।

रुपन्देही तिलोत्तमा नगरपालिका ७ भलवाडीका २१ वर्षका रोका साथीहरुसँगै खोलामा पौडी खेल्ने क्रममा गत फागुन २४ गते (शनिबार) देखि बेपत्ता भएका थिए ।

मंगलवार प्रहरी चौकी दोभान पाल्पाबाट खटिएका टोलीले ड्याम साइडदेखि एक किलोमिटर तल पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

SHARE