दोस्रो राष्ट्रपति रनिङ्शिल्ड : हिमालय माध्यमिक बिधालयको हातमा

0
997

सम्झना पोख्रेल÷

फाल्गुन २६, २०७६ गुल्मी  :धुर्काेट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सकिएको छ । धुर्कोट गाउँपालिका र शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा यहि फाल्गुन २४,२५ र २६ गते क्षेत्रीय खेल मैदान कालापोखरामा सञ्चालन गरिएको दोस्रो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा धुर्काेट गाउँपालिकाका १० विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्र÷छात्रा भलिबल र एथ्लेटिक्स तर्फ छात्र÷छात्रा हाइजम्प, लङ्जम्प, सटफुट, ज्यामलिङ्ग थ्रो, १०० मिटर, २०० मिटर, ४०० मिटर, ०० मिटर, १५०० मिटर र ३००० मिटर दौड, ४०० र १६०० मिटरको रिले दौड गरी कुल २ पदकका लागी प्रतिस्पर्धा भएको थियो ।
जसमा १० स्वर्ण, १ रजत र ६ कास्य गरी कुल १७ पदक सहित हिमालय माद्यमिक विद्यालय विजेता भई यस बर्षको रनिङ्शिल्ड प्राप्त गरेको छ । त्यस्तै ५ स्वर्ण, ७ रजत र ७ कास्य गरी कुल १९ पदक सहित पाञ्चायन माद्यमिक विद्यालय उपविजेता बनेको छ । त्यसैगरी ४ स्वर्ण पदक, ८ रजत, र ६ कास्य पदक गरी कुल १८ पदक सहित धुर माद्यमिक विद्यालय तृतिय, ३ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित कुल ६ पदक सहित इन्दिरा माद्यमिक विद्यालय चौथो, २ स्वर्ण, ४ रजत, र २ कास्य गरी कुल ८ पदक सहित नयाँगाउँ माद्यमिक विद्यालय पाँचौ, २ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ४ पदक सहित भगवति माद्यमिक विद्यालय छैठौँ र १ स्वर्ण, २ रजत गरी कुल ३ पदक सहित निन्युखर्क माद्यमिक विद्यालय सातौँ स्थान प्राप्त गरेका छन् ।
त्यस्तै छात्रा भलिबलतर्फ पाञ्चायन माद्यमिक विद्यालय विजेता र वाग्ला माद्यमिक विद्यालय उपविजेता भएका छन् भने छात्रतर्फ हिमालय माद्यमिक विद्यालय विजेता, पाञ्चायन माद्यमिक विद्यालय उपविजेता र भगवति माद्यमिक विद्यालय तृतिय भएका छन् ।
उक्त प्रतियोगितामा स्वर्ण र रजत पदक विजेता विद्यार्थिहरुले यहि चैत्रमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा सहभागि हुन पाउने छन ।

SHARE