रामपुरमा महिलामाथी जर्बजस्ती करणीको प्रयास

0
467

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ फागुन : पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथी जर्बजस्ती करणीको प्रयास भएको छ । रामपुर नगरपालिका वडा नं ३ स्थित रजघराको सानीअमराई जंगलमा जबरजस्ती करणीको प्रयास भएको हो ।

आईतवार साँझ जंगलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थमा २० वर्षीय महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर सार्वजनिक भएको हो ।

सो घटनामा संलग्न रामपुर नगरपालिका वडा नं ३ बस्ने करिव ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ । घटनास्थलमा महिलाको भित्री बस्त्र र शुरुवाल समेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार पिडितले किटानी जाहेरी दरखास्त नदिएकोले कानुनी प्रक्रियामा जान ढिलाई भएको हो ।

पिडितले जाहेरी नदिएपनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रण्मा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।

पिडित महिला आफन्तको घरमा बसेर मजदुरी गर्दै आएकी थिइन् । रामपुरको बेझाड बजार जान निस्केकी ती पिडित महिलालाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको पिडित महिला बताउँछिन् ।

आईतवार विश्वभर एक सय १० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईरहँदा यस्ता घटनाले असुरक्षित भएको महसुस महिलाले गरेका छन् । यस घटनालाई राजनीति रंगले नछोप्न र दोषीलाई कानुनी कारबाहीका लागि जिल्लाका महिलाहरुले माग गरेका छन् ।

SHARE