गोठ देखि ओठसम्म आउँदा सरसफाइमा ध्यान दिन कृषहरुलाई डाक्टरको आग्रह

0
372

तिलाचन पाण्डे
फागुन २६,२०७६ गुल्मी  : पशुपालक कृषकहरुले गोठ देखि ओठसम्म आउँदाको समयसम्म सरसफाईमा बिशेष ध्यान दिन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले आग्रह गरेका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ मैदानमा एक दिने पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिबीरमा बाल्दै उनले पशुपालक कृषकहरुले गोठ देखि आफूले खाने ओठसम्म आइपुग्दा सम्म सरसफाईमा ध्यान दिनुपर्ने बताए । कृषकहरुले सरसफाइमा ध्यान नदिए बिभिन्न किसीमका रोगहरु फैलन सक्ने भन्दै स्वच्छ उत्पादन र सरसफाइमा ध्यान दिनका लागि उनले आग्रह गरेका हुन् । यदि कृषकहरुले आफना पशुहरुलाई गोठमा सफा र स्वच्छ नराखे सोही उत्पादनलाई ओठ सम्म आउँदा बिभिन्न सरुवा रोगहरुले आक्रमण गर्न सक्ने र सरसफाइमा ध्यान नदिए घरपालुवा पशुहरुमा समेत रोग लाग्न सक्ने उनले बताए ।
उनले कृषि र पशुपालनको माध्यमबाट आर्थिक स्तर उकास्न सक्ने भन्दै ब्यबसायीक रुपमा लाग्न समेत कृषकहरुलाई आग्रह गरे । बेरोजगार युवाहरुलाई स्वदेशमानै रोजगारको दरिलो माध्यम ब्यबसायीक कृषि र पशुपालन रहेको भन्दै निर्वाहमुखी भन्दा पनि ब्यबसायीक रुपमा कुृषि र पशुपालन गरे बिदेशमा गएर दुःख पाउने दिनको अब अन्त्य भएको समेत दाबी गरे । उनले नेपाल सरकारले कृषि र पशुपालनमा लाग्ने कृषकहरुलाई तालिम , औजार र अनुदानको समेत ब्यबस्था गरेकाले रोजगारका लागि भौतारिदै बिदेश जानु नपर्ने र आफनै माटोमा मनग्य उत्पादन लिन सकिने बताए
मानबलाई जस्तै घरपालुवालाई पशुहरुलाई पनि निरन्तर रुपमा औषधी उपचार गराउनु पर्ने भन्दै औषधी उपचारमा समेत ध्यान दिन आग्रह गरे । मानबले समस्या भएमा बताउन सक्ने र भन्न सक्ने भएकाले घरपालुवा पशुहरुले बताउन वा दोहोरो संबाद गर्न नसक्ने भएकाले लक्षणहरुको माध्यमबाट बुझन आवश्यक रहेको बताए ।
ब्यबसायीक कृषकका लागि बिशेष अनुदानको ब्यबस्था गरेका छौ  : नगरप्रमुख सापकोटा
मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले नगरभित्रका कृषकहरुलाई नगरले अनुदान दिएको बताए । कृषि र पशुपालनको माध्यमबाट नै गरिबी निवारण गर्न सकिने भएकाले कृषकहरुलाई अनुदान , उपकरण र तालिमको समेत ब्यबस्था गरेको दाबी गरे । उनले बिदेश गएर फर्किएका युवाहरुले देशमा केही गछौ भनेर आएमा नगरले बिशेष अनुदान , तालिम ,उपकरण संगै उनीहरुले उत्पादन गरेका बस्तुहरुको बजारको ग्यारेन्टी नगरले लिने दाबी समेत गरे ।
शिबीरबाट पाँच हजार ७८८ घरपालुवा पशुहरुको निशुल्क उपचार
जिल्लाका बिभिन्न स्थानीय तहहरुमा संचालन भएको पशुस्वास्थ्य शिबिरबाट पाँच हजार ७८८ घरपालुवा पशुहरुको निशुल्क उपचार भएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पा र सम्पर्क केन्द्र गुल्मीले जनाएको छ । जिल्लाको इश्मा गाउँपालिकामा ५११ , मालिका गाउँपालिकामा दूई हजार ,मदाने गाउँपालिकामा एक हजार ११७ र मुसिकोट नगरपालिकामा दूई हजार १६० घरपालुवा पशुहरुको निशुल्क रुपमा औषधी उपचार गरिएको सम्पर्क केन्द्र गुल्मीका छैटौ अधिकृत डिल्लीराज मरासिनीले जानकारी दिए । उनले जिल्लाका अन्य स्थानीय तहमा पनि यसरी नै निशुल्क रुपमा शिबिरको आयोजना गर्ने कार्यक्रम रहेको दाबी गरे ।

SHARE