लागुऔषध कारोबारमा २३ जनाविरुद्ध मुद्दा

0
309

फागुन २५, २०७६ धादिङ  : प्रतिबन्धित लागू औषधको ओसारपसार तथा बिक्री हुने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सुरु गरेको छ।अभियानअन्तर्गत चालु आर्थिक वर्षको आठ महिनामा धादिङमा लागु औषध कारोबारमा २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

साउनदेखि फागुन २० सम्म धादिङमा लागु औषध कारोबारमा ३६ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ४५ किलो ३३५ ग्राम चरेश, ३९ किलो गाँजा, डायजीपास इन्जेक्सन ६ एम्पुल, फेनेरगन ६ एम्पुल, नोफिन ५ एम्पुल, स्पास्मा २ हजार ट्याब्लेट, ट्रामा ४ हजार ५००, नाइट्रोसन ३०८ पिस, डाइजेपाम ५० पिस, ब्युप्रिनोफिन ५० पिस, फेनरागन ५० पिस, नाइट्रोभेट ३० ट्याब्लेट, स्पास्पेन २० ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

लागू औषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको लागु औषधविरुद्धको अभियानअन्तर्गत दुई हजार ८४१ रोपनी जग्गामा लगाइएको गाँजा र ४०० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको प्रहरीले जानकारी दिएको छ।

SHARE