मुस्लिम संगठन नेपाल,गुल्मीको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

0
714

रामकृस्ण कंडेल,फागुन२४ : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)अावध्द मुस्लिम संगठन नेपाल,गुल्मीको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम लाई संबोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)गुल्मी जिल्ला संगठन बिभाग प्रमुख बालसिड०काऊछाले पार्टी केन्द्रले पार्टी तथा जनवर्गीय संगठन सबै तहका कमिटीका भेला तथा बैठक आयोजना गर्न सर्कुलर गरे अनुसार मुस्लिम संगठनको एकता घोषणा भेला आयोजना गरिएको बताऊनु भएको छ।

संगठन बिभाग प्रमुख काऊछाले’नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानलाई परिमार्जन गर्दै पार्टी तथा जनवर्गीय संगठनहरुका सबै तहका कमिटीका बैठक आयोजना गर्न निर्देशन दिएको छ’ सोही अनुसार आफुहरू अगाडी बढिरहेको जानकारी दिनु भयो।भेलामा मुस्लिम नेता हरूले उठाएको हज आयोग,मुस्लिम आयोग र मदर्शा लगायतको जिज्ञासा लाई प्रमुख अतिथी काऊछाले यी सबै माग हरू पुरा गर्न नेकपाको बर्तमान दुई तिहाई सरकार बाट मात्र संभब रहेकोले कुनै चिन्ता नलिन मुस्लिम नेता हरू लाई आग्रह गर्नु भयो।

एक फरक प्रसंगमा नेकपाले पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्नेगरी अगाडि बढाउने र ठूला भेला तथा जनसभाबाहेक अभियानसम्बन्धी अन्य कार्यक्रमहरु यथावत सञ्चालन गर्न सर्कुलर गरेकोले सोही अनुसार अगाडी बढ्ने मुस्लिम संगठनको भेलामा आफ्ना भनाई हरू राख्दै संगठन बिभाग प्रमुख काऊछाले आफ्नो धारणा ब्यक्त गर्नु भयो।

नबनिर्बाचित पदाधिकारी हरू लाई कार्यकालको सफलताको लागि प्रमुख अतिथी काऊछाले बधाई तथा शुभ कामना समेत ब्यक्त गर्नु भएको थियो। मदन आस्रित स्मृति भवन तम्घासमा सम्पन्न भेलाले रोजमहमद संयोजक र जाबेद अली सह संयोजक रहनेगरी २१सदस्यीय मुस्लिम संगठन नेपाल,जिल्ला कमिटी गुल्मीको घाेषणा गरेको छ। एकता घोषणा कार्यक्रममा नेपाल मुस्लिम संगठन ईञ्चार्ज गाेपाल सुनार,नेकपा जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव गणेश श्रेष्ठ,मुस्लिम संगठन नेपालका केन्द्रिय सदस्य जवुलमियाको बिशेष उपस्थिती रहेको थियो। सागिर मियाको संचालन र हसरद्दिन मियाको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो।

SHARE