किरीया खर्च समेत अभाब , चन्दा उठाएर किरीया उम्काइदै , परिवारको बिचल्ली

0
621

तिलाचन पाण्डे
फागुन २४,२०७६ गुल्मी  : घरमा १० जनाको परिवारलाई धान्दै आएका ४५ बर्षिय रामबहादुर खडकाको निधन भएपछि परिवारमा किरीया खर्चको समेत अभाब भएको छ ।
गुल्मीको मदाने गाउँपालिका वडा नं ७ भनभने नेटाखर्कका ४५ बर्षिय राम बहादुर खडकाको फागुन १५ गते दुबै मिर्गौला फेल भएपछि उहाँको निधन भएको पारिवारले जनाएको छ । घरमा ८ वटी छोरीहरु र एक जना छोरा संगै उहाँकी श्रीमतीको लालन पोषण गर्दै आउनुभएका खडकाको निधन भएपछि परिवारमा आर्थिक समस्या भएको र उहाँको किरीया खर्चमा समेत समस्या भएको स्थानीय नारायण पौडेलले जानकारी दिए । पौडेलका अनुसार उहाँको परिवारमा ८ वटी छोरीहरु मध्ये दुई वटी छोरीहरुको बिबाह भएको र बाँकी ६ वटी छोरीहरु र एक जना छोरा संगै उहाँकी श्रीमती निर्मला खडकाको परिवारमा अहिले किरीया खर्चको समेत समस्या भएकाले घाटबाटै किरीया खर्चका लागि आर्थिक संकलन अभियान चलाएको बताए । घरको आर्थिक अबस्था कमजोर भएको र दिनभर मेलापात गरि परिवारको गुजारा चलाउदै आएका खडकाको निधन भएपछि घरमा बिचल्ली भएको उनले बताए ।
११ बर्षिय छोरामा समेत समस्या
खडकाका ११ बर्षिय मनिष खडका बाबुको किरीया बसिराखेका छन । उनलाई घरको आर्थिक समस्या र सानै उमेरमा बाबु गुमाउनु परो भने उनको पनि स्वास्थ्यमा समस्या रहेको छ । उनलाई सानै उमेरमा शारीरिक समस्या देखा परेको स्थानीयहरुले बताएका छन । उनको लिङग कहिले सुन्निने र फुल्दै जाने समस्या रहेको उनकी आमा निर्मला खडकाले बताइन् । श्रीमान गुमाउनुको पीडा त छदै छ त्यस माथी छोराको यस्तो समस्या देखा परेको बताउदै उनले घरखर्च र छोराको उपचारमा समेत समस्या परेको बताइन । छोरा छोरी साना रहेको बताउदै दिनमा मेलापात गरी गुजारा चलाउने श्रीमान समेत गुमाउनु पर्दा अब कसको आस गर्ने भन्दै उनले दुखेसो पोखिन । उनले किरीया खर्च समेत स्थानीयहरुले चन्दा उठाएर उम्काउन थालेको भन्दै अब छोराको उपचारमा समस्या भएको र लालन पालनमा समेत समस्या भएको बताइन् ।
किरीया खर्चका लागि जिशीको ३५ हजार सहयोग
स्थानीय एबम नेकपाका प्रदेश नं ५का सदस्य बुद्धि जिशीले किरीया खर्च समेत अभाब भएको थाहा पाएपछि किरीया खर्चका लागि ३५ हजार रुपैयाँ सहयोग गरेका छन् । सेवा नै धर्महो भन्ने हिसाबले र आफु पनि स्थानीय भएका कारण किरीया खर्चका लागि आफुले ३५ हजार सहयोग गरेको उनले बताए । उनले ७ जना बालबच्चाको पढाईलाई पनि आफुले सक्दो सहयोग गर्ने भन्दै ११ बर्षिय मनिषको उपाचारमा पनि सहयोग गर्ने बताए । अन्य त्याहाँका स्थानीयहरुले १२ हजार रुपैयाँ संकलन गरेको भन्दै सहयोगका लागि स्थानीय नारायण पौडेसंग सम्पर्क गर्न र उहाँको मोवाइल नम्बर ९८४७०४७५०२ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

SHARE