मृगौला पीडित युगल बचाउ अभियान सुरु

0
452

टोपलाल अर्याल
फागुन २३,२०७६ गुल्मी  :
अहिले फेसवुकको वाल प्रधानमन्त्रीको सफल मृगौगा प्रत्यारोपणले भरिएका छन् । रोगलाई पद र प्रतिष्ठाले छेक्दैन् । संवेदनशिल अङ्ग र उपचार महङ्गो भएकाले कैयौ व्यक्तिले ज्यान र सम्पति दुवै गुमाएका पनि छन् । युगल भुजेल अहिले त्यहि मृगौलाकै समस्याले थलिएका छन् । उनी सामान्य परिवारमा हुर्किएर जिल्लामै उत्कृष्ट फुटवल खेलाडीका रुपमा परिचित थिए । रेसुंगा नगरपालिका ८ निवासी भुजेलको खेल तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेका छ । तर मृगौला रोगले उमेरमै छोप्यो । महङ्गो उपचार तर आर्थिक अवस्था नाजुक भएकाले युगल बिक्षिप्त छन् । दुवै मृगौला फेल भएपछि अस्पतालको शैयाबाट नयाँ जीवनको लागि सवैसंग याचना गरिरहेका छन् । युगल भुजेल परिवारका तीन भाई मध्येका कान्छा हुन् । दुई छोरी, श्रीमतिसंगै परिवारको खुसीकै लागि युगल परदेश थिए । भुजेल दुई बर्ष अघि घर आएपछि फर्किएनन् । पछिल्लो समय सुविसु नेटको व्यावसायमा पार्टनर छन् । बीचमै देखिएको जटिल रोगले थप संकट थप्यो । कमाउने घरमुलीका दुवै मृगौला फेल भएपछि परिवारनै बेचैन बनेका छन् ।
युगल बचाउ उभियान
व्यक्तिको पीडामा मात्रै हैन् । जिल्ला र देशनै शोकमा परेका बेला गुल्मेलीहरुले पुराएको सहयोग महत्वपूर्ण रहेको छ । मुटु, मृगौला, क्यान्सर लगायत रोगबाट ग्रसित मात्रै सयौका उपचार प्रवासी नेपालीहरुबाट सम्भव भएका छन् । सत्यवतिको पहिरो, दजाकोटको आगो मात्रै नभएर भुकम्पको चपेटामा विभिन्न देशमा बस्ने नेपालीहरुले पु¥याएको सद्भाव कसैले भुलेका छैनन् । त्यसैले अहिले पनि युगल बचाउ अभियान संचालन गरिएको छ । जसमा सदरमुकामका क्लव, आमा समुह, साथीसंङ्गी र प्रवासका आफन्त साथीभाईहरुले सहयोग संकलन थालेका छन् । अहिलेसम्म केहि निर्माण व्यावसायीले प्रदान गरेको, अस्टे«लियामा सचिन पाण्डेय तत्काल संकलन गरेर पठाएको रकम पीडित युगल भुजेललाई प्रदान गरिएको अभियानका संयोजक राजु पाण्डेयले जानकारी दिए । अहिलेसम्म एक लाख ३० हजार संकलन भएको छ । उनले युगलको उपचारकै लागि ‘युगल बचाऊ अभियान’ को राष्ट्रिय बाणिज्य बैंकको खाता नं ३०१००१०२३१०१ र ग्लोवल आइएमई बैंकको ७००१०१००००४०० मा सहयोग गर्न सवैलाई आग्रह गरे । साथै युगल भुजेलसंगनै ९८६७२४२४२४ सम्पर्क गर्न पनि सकिने छ ।
पुरस्कार समेत सहयोग
युगल भुजेल आफैमा खेलाडी हुन् । अहिले उनी रोगले पीडित छन् । हिजो खेल ठुलो ठान्थे । अहिले पैसाको अभावमा मर्ने वा बाँच्ने कल्पना गरिरहेका छन् । खेल क्षेत्र अनुशासन भएकाले उनको पीडामा अन्य खेलाडी समेत कस्सिएर लागेका छन् । रेसुङ्गा नगरपालिका वडा नं ८ का खेलाडीले त झन आफुले फुटवल खेलेर प्राप्त गरेको पुरस्कार समेत युगलको उपचारका खर्च गर्ने निर्णय गरेको युगल बचाउ अभियानका अभियान्त शालिक बस्नेतले बताए । उनीहरुले केहि महिना अघि सदरमुकाममा आयोजित फुटवल प्रतियोगीतामा उत्कृष्ट हुँदै नगद ३० हजार जितेको बस्नेतले बताए ।
पैसाको कारण उपचार रोकिदैन
युगलको उपचारमा सहयोग र सद्भावको खाँचो छ । जसका लागि सवै सरोकारवाला जुटेका छन् । सहयोग हस्तान्तरण लागि भुजेलको घर पुगेका नेकपाका नेता बुद्धि जिसी, बालसिंह काउछा, कृष्ण भण्डारी, रेसुङ्गा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामी सहितका नेता, जनप्रतिनिधी, खेलाडी, आमा समुह, क्वल निर्माण व्यावसायीले आर्थिक अभावमा उपचारमा कुनै समस्या नहुने प्रतिवद्धता जनाएका छन् । उनीहरुले आफ्नो क्षेत्र र सम्पर्क मार्फत भुजेलको उपचारको लागि सहयोग जुटाउने विश्वास देखाएका हुन् । साथै मृगौला पीडित युगल र उनको परिवारलाई उच्च मनोवलका साथ उपचारमा जुट्न आग्रह गरे ।

SHARE