टिपरको ठक्करबाट महिलाको मृत्यु

0
431

सुशीला रेग्मी

रामपुर (पाल्पा), २३ फागुन  :तानसेन नगरपालिका ७ लामिडाँडा स्थित सिद्धार्थ राजमार्गमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु ७ प ४३४ नम्वरको मोटरसाईकललाई सोही दिशादेखि जाँदै गरेको लु २ ख ३१७८ नम्वरको टिपरले ठक्कर दिदा तानसेन ७ का ५५ वर्षिया मधु श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाईकल पछाडी सवार श्रेष्ठलाई टिपरले ठक्कर दिएपछि घाइते हुनुभएको थियो । घाइते श्रेष्ठको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास लैजादै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका डाक्टरहरुले घोषणा गरेका थिए ।

टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । टिपरको ठक्करबाट मोटरसाईकल चालक श्रेष्ठका श्रीमान ६२ वर्षका हिमालप्रसाद श्रेष्ठ घाईते हुनुभएको छ । उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँको अहिले लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।

SHARE