स्याङजामा ट्रयाक्टर दुर्घटना एकजनाको मृत्यु, दुई घाइते

0
301

फागुन २०, २०७६ स्याङजा : बिरुवा गाउँपालिका–७ सुरुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। सोमबार राति करिब १० बजे सुरुङबाट बलेउतर्फ जाँदै गरेको रा १ त २१०० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक वनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टरमा तीनजना रहेको प्रहरीले बताएको छ। दुघर्टनास्थल पुग्नुअघि नै स्थानियले घाइते चालक १९ वर्षीय तेजबहादुर गुरुङ र १७ ठगराज गुरुङलाई उपचारका लागि पोखरा पठाएको प्रहरीले बताएको छ। चालकको चालक अनुमतिपत्र नभएको बताइएकाले अनुसन्धान भइरहेको छ।

SHARE