गुल्मीका कृषकलाई घरपालुवा पशुहरुको पनि नियमित स्वास्थ्य उपचार गराउनु पर्ने रहेछ भन्ने कुरा बल्ल थाहा भयो

0
479

तिलाचन पाण्डे
फागुन २०,२०७६ गुल्मी  : गुल्मीको मालिका गाउँपालिका वडा नं ६ अर्जेकी ३५ बर्षकी कल्पना खत्रीलाई घरपालुवा पशुहरुलाई पनि स्वास्थ्यको उपचार र नियमित रुपमा स्वास्थ्य उपचार गराउनुपर्छ भन्ने बल्ल आएर थाहा भएको बताइन् ।
उनले मानबलाई जस्तै घरपालुवा पशुपन्छीहरुलाई पनि उपचार गराउनु पर्दछ भन्ने कुरा बल्ल आएर थाहा भएको भन्दै आगामी दिनहरुमा पशुपन्छीहरुलाई नियमित रुपमा स्वास्थ्य उपचार गर्ने बताइन् । उनका अनुसार यसरी गाउँमै आएर भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पा र सम्पर्क केन्द्र गुल्मीले आयोजना गरेको पशु स्वास्थ्य तथा बाझोपन निवारण शीबिरबाट आफूलाई घरपालुवा पशुपन्छीहरुको पनि नियमित रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्ने रहेछ भन्ने कुरा आफूलाई स्पस्ट भएको बताइन् ।
यस्तै सोही गाउँकी ३७ बर्षकी दीपा अर्यालले घरपालुवा पशुहरुमा नश्ल सुधार गर्नुपर्ने र घरपालुवा पशुहरुमा हाड नाता लाग्ने गरी गर्भधारण गराउन नहुने बारेमा पनि अहिले बल्ल आएर थाहा भएको बताउदै मानबलाई जस्तै गरी नियमित रुपमा स्वास्थ्य उपचार गराउने र मानबलाई जस्तै ब्यबहार गर्नुपर्ने रहेछ भन्ने अहिले थाहा भएको बताइन् । अर्यालले मानबले आफूलाई केही समस्या परेमा बताउन सक्ने र दोहोरो संबाद गर्न सक्ने भएकाले त्यती समस्या नहुने भन्दै घरपालुवा पशुपन्छीहरुमा देखा पर्ने लक्षणले मात्र थाहा पाउँन सक्ने बताइन् ।
यस्तै सोही वडाकी ३८ बर्षकी रेनुका अधिकारीले पशुपन्छीहरुमा नियमित रुपमा उपचार गर्ने बानी भएमा खसी ,बोकाहरुमा उत्पादनमा बृद्धि हुने गरेको बताइन् । उनले घरपालुवा पशुपन्छीहरुमा नियमित रुपमा स्वास्थ्य उपचार गर्नुपर्ने ज्ञान आफूलाई भएको भन्दै समय समयमा शिबिर संचालन गर्नुपर्ने र आम पशुपालका कृषकहरुलाई जानकारी हुनुपर्नेमा जोड दिइन् ।
यता भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले नियमित रुपमा पशुहरुको पनि उपचार गर्नुपर्ने बताए । उनले गुल्मीको मालिका गाउँपालिकालाई बाख्रा मिसन कार्यक्रम संचालन हुन गइराखेको भन्दै उत्पादनमा जोड दिन आग्रह गरे । उनले शिबिरमा निशुल्क रुपमा औषधी पाइयो भन्दैमा अनाबश्यक नलिन र औषधीको सही सदुपयोग गर्न आग्रह गरे ।
यस्तै मालिका गाउँपालिका वाड नं ६ अर्जेका वडा अध्यक्ष एबम गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले गाउँपालिकाले उत्पादनमा आधारित अनुदानको ब्यबस्था गरेको भन्दै उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले गाउँमा माल सामान लिएर आउने गाडीहरुलाई गाउँबाट फर्किदा खाली गाडी पठाउन नहुने र आर्थिक बिकासको मुख्य आधार भनेको कृषि र पशुपालन भएको भन्दै उत्पादनलाई जोड दिन वडाबासीहरुलाई आग्रह गरे ।
मालिका गाउँपालिका वडा नं ६ अर्जेमा भएको शिबिरमा दूई हजार घरपालुवा पशुहरुको स्वास्थ्य उपचार गरी निशुल्क रुपमा औषधी बितरण गरिएको सम्पर्क केन्द्र गुल्मीका प्रमुख हरिनारायण चौधरीले जानकारी दिए । इश्मा गाउँपालिकामा फागुन १४ गते मदाने गाउँपालिकामा १७ गते नै शिबिर संचालन गरिएको भन्दै जिल्लाका अन्य बाकी स्थानीय तहमा पनि पशु स्वास्थ्य तथा बाझोपन निवारण शिबिर संचालन गर्ने सम्पर्क केन्द्र गुल्मीका छैटौ अधिकृत डिल्लीराज मरासिनीले जानकारी दिए । जसको हेफरको सहयोगमा संचालिन मिलिजुली कृषि तथा महिला बिकास सहकारी संस्थाले सहजीकरण गरेको सो परियोजनाका संयोजक भरत भण्डारीले जानकारी दिए । शिबीर गाउँमै गएपछि सबैलाई सहज भएको सहकारी संस्थाले जनाएको छ ।

SHARE